सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

संक्रमितको संख्या ४७ पुग्यो, संक्रमित व्यक्ति जनकपुरका १४ वर्षीय बालक र उदयपुरकी ५५ वर्षीय महिला

काठमाडौं। कोरोना संक्रमितको संख्या ४७ पुगेको छ। बिहीबार थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको परीक्षणमा जनकपुरका १४ वर्षीय बालक र उदयपुरकी ५५ वर्षीय महिलामा कोरोना पोजिटिभ देखिएको जानकारी दिएका हुन् । यो सँगै संक्रमितको संख्या ४७ पुगेको हो।

त्यसैगरी बिहीबार ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका ५८ वर्षीय पुरुष र ५१ वर्षीया महिला डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या ९ पुगेको छ।

बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट ३४ हजार ५ सय २३ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट ९ हजार १ सय ९९ परीक्षणहरु भएका छन्। कुल दुवै विधिबाट ४३ हजार ७ सय २२ वटा परीक्षणहरु भएका छन्।

त्यसैगरी आजको अपडेटमा आइसोलेसनमा देशभरी ८६ जना रहेका छन्। काठमाडौँमा ४ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ८६ जना रहेका छन्। क्वारेन्टाइनमा १० हजार ५ सय २३ जना रहेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »