सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

संक्रमित बढ्दै गएपछि दैलेखमा साँझ ६ बजेदेखि कर्फ्यु

दैलेख। जिल्ला प्रशासन कार्यालय दैलेखले निषेधाज्ञा जारी गरेको छ । २३ जेठ साझ ६ बजेदेखि लागू हुने गरी अर्को आदेश नभए सम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

शुक्रबार साँझ ६ बजेदेखि लागू हुनेगरी नारायण नगरपालिका र दुल्लु नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाइएको हो । भारतबाट आउनेको संख्या र संक्रमित उत्तिकै बढेकाले र्क्फ्यु नै लगाउन बाध्य भएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको भनाई छ ।

दैलेख जिल्लामा हालसमम २ सय १८ जनामा कोरोना संक्रमण देखिएको र एक जनाको मृत्यु भएको छ । कोरोना भाइरसको सम्भावित उच्च संक्रमण जोखिमको अवस्था मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीलेले बताउनु भयो ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनीकरण र फैलिन नदिनका लागि औषधि, स्वास्थ्य सेवा बाहेक अरु कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्किन निषेधाज्ञा जारी पत्रमा उल्लेख गरिएको छ । नारायण नगरपालिकाको सम्पुर्ण सिमाना र दुल्लु नगरपालिकाको कर्णाली राजमार्ग छुने विभिन्न नाकामा समेत र्क्फ्यु लगाइएको हो । शुक्रबारमात्रै दैलेखमा ९१ जनामा संक्रमण देखिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »