सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

संघीय संसदका २ सय ३ सांसदको स्वाब संकलन गरी परीक्षणका लागि टेकु पठाइयो

काठमाडौं । प्रतिनिधिसभाका १ सय ७० सांसद र र राष्ट्रियसभा ३३ सांसदको स्वाब संकलन गरिएको छ ।विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को परीक्षणका लागि बिहीबार सांसद, कर्मचारी र सुरक्षाकर्मीको स्वाबको नमुना संकलन गरिएको संसद सचिवालयले जनाएको छ।

भोलि शुक्रबारदेखि सुरु हुने संसदको बजेट अधिवेशन अघि सांसदहरुको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । संकलित सबै सांसदहरुको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका लागि पठाइएको छ ।

बिहीबार राष्ट्रियसभा र प्रतिनिधिसभाका २१२ सांसदसँगै अन्य कर्मचारी गरेर ४४१ नमुना संकलन गरिएको रिजालले बताए। बिहीबार १७९ प्रतिनिधिसभा सदस्य, ३३ राष्ट्रियसभा सदस्य, २२९ कर्मचारी र मर्यादापालक गरेर ४४१ जनाले स्वाबको नमुना निकालिएको हो ।

भोलि अपरान्ह ४ बजे सुरु हुने संघीय संसदको वैठक अघि सांसदहरुले कोरोना भाइरसको संक्रमण नभएको प्रमाण देखाउनु पर्ने अनिवार्यता गरिएपछि सांसदहरुको स्वाब संकलन गरिएको हो ।

भोलि विहानसम्ममा सबैको रिपोर्ट आउने भएको छ । यस्तै संसद सचिवालयका सबै कर्मचारीको पनि स्वाब संकलन गरिएको छ । आज संकलन भएका सबै स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ। सबै स्वाबको रिपोर्ट २४ घण्टाभित्रमा आउने सचिवालयले जनाएको छ। रिपोर्ट आएपछि त्यो देखाएर मात्र सांसदले बैठक कक्षमा प्रवेश पाउने छन्।

कोरोनाको महामारीकै बीचमा शुक्रबार दिउँसो ४ बजेपछि संघीय संसदको बजेट अधिवेशन सुरु हुँदैछ।

भर्खरै

सम्बन्धित खबर

Language »