सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

संयुक्त राष्ट्र संघद्वारा फोर्स कमान्डमा उपरथी इश्वर हमाल छनौट

नेपाली सेनाका उपरथी इश्वर हमाल फोर्स कमान्डरमा छनोट भयका छन् ।संयुक्त राष्ट्र संघको आह्वानमा सिरिया र इजरायलको सिमाना गोलानहाइट क्षेत्रमा तैनाथ शान्ति मिसन ( अनडोफ) को फोर्स कमान्डरको जिम्मेवारी हमालले पाएका हुन् ।

त्यहाँ तैनाथ संयुक्त राष्ट्र सङ्घीय शान्ति पर्यवेक्षण सैनिक कमान्डर युएन संयुक्त राष्ट्र संघले नेपाली सेनाका उपरथी इश्वर हमाललाई छनौट गरेको नेपाली सेनाका प्रवक्ता विज्ञान देव पाण्डेले बताए ।

शान्ति सैनिकको फोर्स कमान्डरको जिम्मेवारी पाउने उपरथी छैटौँ उच्च नेपाली सैनिक अधिकृत हुन् । उपरथी हमाल हाल शिवपुरी स्थित् आर्मी कमान्ड एन्ड स्टाफ कलेजका प्रमुख छन् ।

फोर्स कमान्डरको हैसियत संयुक्त राष्ट्र संघको सहायक उपमहासचिव सरह मानिन्छ । गोलानहाइट क्षेत्रमा विभिन्न मुलुकका करिब दुई हजार सङ्ख्यामा शान्ति सैनिक परिचालित छन् । फोर्स कमान्डर शान्ति सैनिक मुलुकलाई उपलब्ध गराउने सबैभन्दा माथिल्लो दर्जा हो। उपरथी हमालले एक वर्षका लागि फोर्स कमान्डको नियुक्ति पाएका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »