सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

संविधान दिवसकाे अवसरमा ५९४ जनालाई विभिन्न विधामा विभूषण, विभिन्न मुलुकका सरकार प्रमुखहरुले शुभकामना सन्देश

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले ५९४ जनालाई विभिन्न विधामा विभूषण प्रदान गरेकी छन् भने नेपालको संविधान दिवस र ‘राष्ट्रिय’ दिवसका अवसरमा अन्तर्राष्ट्रिय समुदायले शुभकामना सन्देश पठाएका छन् ।

संविधान दिवसका अवसरमा आज ४५३ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता सह–सचिव हरिप्रसाद दहालका अनुसार भण्डारीले नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा ५९४ जना महानुभावहरुलाई विभूषण प्रदान गरेकी हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका दुई छिमेकी भारत र चीनसहित विभिन्न मुलुकका सरकार प्रमुखहरुले शुभकामना सन्देश पठाएका छन् ।

त्यस्तै शुभकामना सन्देश पठाउने अन्य मुलुकहरुमा बंगलादेश, बेल्जियम, भुटान, ब्राजिल, क्यानडा, क्युबा, इजिप्ट, फ्रान्स, होली सी, दक्षिण कोरिया, उत्तर कोरिया, लक्जेम्बर्ग, माल्दिभ्स, म्यानमार, नेदरल्यान्ड्स, निकारागुवा फिलिपिन्स, पोल्यान्ड, कतार, रुस, साउदी अरेबिया, थाइल्यान्ड, टर्की, श्रीलंका र स्विजरल्यान्ड रहेका छन् ।

यस्तै, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेले पनि शुभकामना सन्देश पठाएको परराष्ट्रले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »