सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

संसद पुनःर्थापनाको विकल्प छैन्ः पूर्व शहरी विकास मन्त्री राई

नेपालगन्ज, जनता समाजवादी पार्टी (जसपा) का केन्द्रिय कार्यकारिणी सदस्य तथा पूर्व शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले संसद पुनःस्थापनाको विकल्प नभएको बताउनुभएको छ ।

नेपालगन्ज २१ मा आयोजना गरिएको विरोधसभामा उहाँले सो कुरा बताउनुभएको हो। कोरोनाले मुलुकको अर्थतन्त्र तहसनहस भएको अवस्थामा सरकारले चुनावको नारा लगाएर वेमौसमी बाजा बजाएको आरोप लगाउनुभयो ।


प्रधानमंत्री केपी शर्मा ओलीको असंवैधानिक कदमका बिरुद्व चरणबद्व आन्दोलन गर्दै आएको जनता समाजवादी पार्टीले देशका सबै स्थानीय तहमा बिरोध सभा गर्ने केन्द्रीय निर्देशन अनुसार चौथो चरणको कार्यक्रम अन्तर्गत आज नेपालगंज उपमहानगरपालिका र डुडुवा गांउपालिकाको संयुक्त आयोजनामा नेपालगंज २१ मा बिरोध सभा गरेको हो।

निर्वतमान संघीय सांसद राईले प्रधानमन्त्रीले लोकतन्त्र र संबिधान विपरीत संसद विघटन गरेको भन्दै उहाँले आपत्ती जनाउनुभयो ।


उहाँले स्थानीय विकास निर्माणका सवालमा आफु गम्भीर रहेको पनि बताउनुभयो । भेरी अस्पतालको ओपिडी भवन, नौवस्था औद्योगिक क्षेत्र, एअरपोर्ट, स्थानीय बाटाघाटा निर्माणलाई समेत जोड दिइएको बताउनुभयो । सडक तथा पुलपुलेसा र कर्वड निर्माणमा ठूलो लगानी लगाइएको पनि उहाँले बताउनुभयो ।

उहाँले गरिवी उन्मुलनका लागि आफ्नो पहल जारी रहेको बताउनुभयो । उहाँले भवानीपुरमा ठूलो लगानीमा सभाहल निर्माण भइरहेको जिकीर गर्नुभयो ।
कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)का नेपालगन्ज नगर अध्यक्ष श्रवण कुमार यादवको अध्यक्षता भएको कार्यक्रममा प्रदेश सभा सदस्य बिजय बहादुर यादब, जनता समाजवादी पार्टी (जसपा) बाँकेका जिल्ला अध्यक्ष कमरुद्दिन राई, अम्बिका काफ्ले, बदरुद्दुजा खां, जनता समाजवादी पार्टी (जसपा) बाँकेका नेता सफिक सिद्दिकी, अकबर खान, फिरोज हल्वाई वारसी, गोपाल बहादुर क्षेत्री, उषा गौतम, दिपा राना मगर,लगायतको सहभागिता रहेको थियो ।

जनता समाजवादी पार्टी (जसपा) बाँकेका जिल्ला सचिव राजेन्द्र बिश्वकर्माले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »