सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

संसद विघटनसँगै मध्यावधि चुनाव 0७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दाेस्राे चरण

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गरेकी हुन् ।

उनले आम निर्वाचनको मितिसमेत तोकेकी छन् । उनले मन्त्रिपरिषद्को सिफारिसअनुसार ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचनसमेत तोकेकी हुन् ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने सिफारिस राष्ट्रपतिसमक्ष लगेका थिए ।

‘संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भइ सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ। ‘

राजधानीमा उच्च सुरक्षा सतर्कता तयारी हालतमा बस्‍न जंगीअड्डाको सर्कुलर

संसद विघटन गरेर चुनाव घोषणा गर्ने कदमविरुद्धको संभावित सडक प्रदर्शन र नागरिक प्रतिरोधलाई ध्यानमा राख्‍दै राजधानीको सुरक्षा व्यवस्था आइतबार अपरान्हदेखि कडा तुल्याएको छ।

बालुवाटार, शितलनिवास, मन्त्रिनिवास, सिंहदरबार, माइतीघर, नयाँ बानेश्‍वरलगायतका संवेदनशील क्षेत्रमा उच्च सुरक्षा सतर्कतासहित सुरक्षाकर्मीको गस्ती बाक्लो बनाइएको छ। नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीलाई पनि सडकमा परिचालन गरिएको छ।

नयाँ राजनीतिक घटनाक्रमबारे जंगीअड्डामा उच्च सैनिक अधिकारीहरूबीच आइतबार छलफल भएको छ। जंगी अड्डाको नीतिगत छलफल र निर्णय गर्ने निकाय (पीएसओज) को बैठकमा यसबारे छलफल भएको हो। (पीएसओज) मा मुख्यालयमा कार्यरत विभागीय प्रमुख सैनिक अधिकृतको सहभागिता रहने गर्छ।

नेपाली सेनाका सैनिक सहायकरथी प्रवक्ता सन्तोषबल्लभ पौडेलले नयाँ राजनीतिक घट्नाक्रमले राष्ट्रिय सुरक्षा उत्पन्‍न गर्नसक्‍ने चुनौतीबारे छलफल भएको अन्‍नपूर्ण अनलाइनसँग बताए। उनले भने, ‘ नयाँ राजनीतिक घट्नाक्रमले राष्ट्रिय सुरक्षामा कस्तो असर पार्छ भन्‍ने हाम्रो चासो हो। त्यसका लागि स्थानीय प्रशासन तथा अन्य सुरक्षा निकायलाई कस्तो सहयोग गर्नुपर्छ भन्‍नेबारेमा छलफल र तयारी हो।’

प्रवक्ता पौडेलका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले नयाँ राजनीतिक घटनाक्रमलाई ध्यानमा राखेर सतर्क रहन र आवश्यक परे स्थानीय प्रशासनलाई सहयोग गर्न तयार रहन सबै प्रदेशका पृतना मुख्यालयहरूलाई निर्देशन दिएका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »