सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

संसद सचिवालयद्वारा सरिता गिरी पदमुक्त बनेको घोषणा (विज्ञप्ति सहित)

काठमाडौं / २५ असार
संघीय संसद् सचिवालयले सांसद सरिता गिरीलाई पदमुक्त गरेपछि उनको पद रिक्त रहेको घोषणा गरेको छ।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले विज्ञप्ति निकालेर सरिता गिरीलाई सांसद् पदबाट मुक्त गरेको जानकारी दिएका हुन् ।

समाजवादी पार्टीको तर्फबाट समानुपातिक प्रतिनिधि गर्दै प्रतिनिधिसभामा प्रतिनिधित्व गरेकी गिरीलाई पार्टीको संसदीय दलले नै प्रतिनिधि सभा सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको थियो ।

त्यही जानकारीका आधारमा सांसद् गिरीको पद रिक्त रहेको सूचना सचिवालयले सार्वजनिक गरेको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »