सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

संस्कृति संरक्षण तथा सामाजिक बिकास केन्द्र नेपालको ९औं बार्षिक साधारणसभा सम्पन्न


काठमाडौं । संस्कृति संरक्षण तथा सामाजिक बिकास केन्द्र नेपालका ९औं बार्षिक साधारणसभा कमलादी स्थित प्रज्ञाभवन पारिजात हल मा सम्पन्न भएको थियो ।
संस्कृति संरक्षण तथा सामाजिक बिकास केन्द्र नेपाल तार्केश्वर नगरपालिका वडा नं.८ डाँडागाउँ ,काठमाडौ मा रहेको छ भने संस्था को स्थापना २०७० सालमा भएको हो ।
संस्थाको ९औं बार्षिक साधारणसभा कार्यक्रमको अध्यक्षता सीता सुनुवारले गर्नुभएको थियो भने प्रमुख अतिथि भुपु जर्नल धारम बहादुर बानियाँ, बिशेष अतिथि रन बहादुर चन्द , रोहित थापा , नेश्नलिस्ट पिपुल्स् पार्टीको केन्द्रीय सभापति इन्द्रबहादुर थापा मगर,तथा अतिथि हरु , राम कृष्ण उपाध्याय , धार्मिक गुरु उमा श्रेष्ठ ( हिमा ) रास्ट्रबादी एकता पार्टीका अध्यक्ष ,कान्त ब,पौंडेल नेसनल पार्टीका संगठन प्रमुख तथा सचिव कृष्ण के,सी ,रास्ट्रिय कलाकार लोक गायीका देवी हमाल , मिठो स्वरको धनी समाजसेवि लोक गायीका जर्नल धर्म बहादुर बानियाँको धर्मपत्नी राधा हमाल बानियाँ ,पत्रकार केबि सम्राट ,महेन्द्र के,सी ( धार्मिक अभियान्ता ) , संयुक्त जनआन्दोलन पार्टी का बिभाग प्रमुख इन्द्रबहादुर सापकोटा,स्वतन्त्र पत्रकार संघ नेपाल का महासचिव महेश बिक्रम कुंवर, धार्मिक अभियान्ता पुर्व अर्थ मन्त्रालयका सचिव बल बहादुर कार्की, सिद्ध काली माता मिम मायाँ महर्जन ,माता अनिता थापा ,माता सन्तोषी बसन्ती वान्त ,माता यज्ञ लक्षमी कुवर, समाज सेवि जानुका लामीछाने ,समाज सेवी शिक्षक मिना पुन ( चन्द ), समाज सेवि साधना पराजुली लगायत संस्था का कार्य समिति सदस्य हरु को सहभागी रहेको थियो ।
यस बार्षिक साधारण सभा कार्यक्रमको संचालन समाज सेवि मानवअधिकारकर्मी मनु बाँठा मगरले गर्नुभएको थियो भने स्वागत मन्तब्य संस्थापक महासचिव पदम नाथ अगस्ति ले गर्नु भएको थियोे ।
दिप प्रजलन गरेर प्रमुख अतिथि अतिथि हरु बाट कार्यक्रम उदघाटन भएको थियोे भने रास्ट्रिय गान बाट सुरु भएको कार्यक्रममा कला साँस्कृति लाई उजागर गर्न संरक्षण गर्न झाँकी प्रदर्शन भएको थियोे ।
कार्यक्रममा बोल्ने बक्ता हरुले नेपाल को मौंलिक धर्म साँस्कृतिक जोगाउनु पर्ने धामीझाँक्री तथा सामाजिक बिकास गर्नु पर्ने, बोक्सी आरोप को अन्त्य हुनुपर्ने, महिला हत्या हिंसाको अन्त्य हुनुपर्ने, भेदभाव छुवाछूतको अन्त्य हुनुपर्ने भन्दै, यस संस्थाले बिभिन्न जात जातीयको निम्ति धर्म लाई संरक्षण गर्न देशको बिकास मा सहयोग गर्न र आन्तरीक र बाह्य पर्यटनको आगमन स्वागत कला धर्म सँस्कार लाई संरक्षण गर्न संगृहालय निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।
संस्थाका सदस्य संख्या ४८८ जना रहेका छन् ।
९औं बार्षिक साधारणसभाले ११ सदस्यिय नयाँ कार्यसमिति सदस्य चयन गरेको छ ।
जस मा अध्यक्ष सिता सुनुवार ,उपाध्यक्ष बिमला गमाल ,महासचिव मन्जु राना
सचिव पुनम सुनुवार ,कोषाध्यक्ष दान कुमारी मगर सदस्य हरु बिस्नु रसाइली मिस्लिङ तामाङ, कबिता आले मगर ,राम ब,ग्यामी मगर ,राधिका घिमिरे
संस्थापक सदस्य मा लक्षमण थापा (पुर्व सह सेनानी) ,कुसुम लामा ,रोज लामा
नत्र तामाङ तथा संस्थापक निर्देशक कृष्ण पाण्डे ,संस्था संरक्षक तथा सल्लाहकार पदम नाथ अगस्थी रहनु भएको छ ।
आजको साधारणसभा कार्यक्रम निर्वाचन मण्डल समिति का निर्देशक संस्था का निर्देशक केपि पाण्डे ले संचालन गर्दै नयाँ कार्यसमिति चयन सम्पूर्ण सदस्य ज्यु लाई सपथ ग्रहण गराउनु भएको थियोे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा अतिथिहरुले शुभकामना मन्तब्य का साथै अति समय सान्दर्भिक तरिकाबाट धर्म संस्कृति लाई बचाउन पर्छ भन्नु भएको थियो ।
यस संस्था को उद्वेश्य धामीझाँक्री देव माता लामा ज्योतिष ( पण्डित उत्थान गर्दैं धार्मिक बिस्वास राख्नुपर्छ र नेपाली कला संस्कृति को संरक्षण गर्नु पर्छ नेपाली कला मौंलिक ता परम्परा रितिरिवाज भाषा समेटिएको संस्कृतिक संगृहालय को निर्माण गरि बिधालय र विश्व बिधालय का आन्तरिक र बाह्य पर्यटक भित्राउनु पर्छ भने रहेको समाजसेवी मनु बाँठा मगर ले बताउनु भयो ।
( कार्यक्रम स्थलबाट समाजसेवी मनु बाँठा मगरको रिपोर्ट )

भर्खरै

सम्बन्धित खबर

Language »