सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सडकबाटै प्रतिनिधिसभा पुनस्थापना गर्ने- पुर्व शहरी बिकास मन्त्री मोहम्मद ईस्तियाक राईको चेतावनी

जसपाको विरोधसभामा ठुलो संख्यामा जनता सहभागि, नेताहरु उत्साहित

सिराज खान

नेपालगन्ज, जनता समाजवादी पार्टीका केन्द्रिय नेता तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले प्रधानमन्त्री केपी ओलीले गरेको असम्बैधानिक कार्य नसच्चाए जनताको शक्तिले सडकबाटै प्रतिनिधिसभा पुनस्थापना गर्ने चेतावनी दिनु भएको छ ।

उहाँले प्रधानमन्त्रीले संविधानलाई बेवास्ता गरेर आफ्नो स्वेच्छाले प्रतिनिधिसभाको विघटन गरेको हुँदा अदालतले सही फैसला गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।


जनता समाजवादी पार्टीले प्रतिनिधिसभाको विघटनको विरोधमा सोमवार नेपालगन्जस्थित त्रिभुवन चोकमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै पुर्वमन्त्री राईले प्रतिनिधिसभाको विघटन सर्वसत्तावादी र अधिनायकवादी कदम भएकोले तत्काल सच्चाउनु पर्नेमा जोड दिनुभयो । उहाँले प्रधानमन्त्रीले संविधानसंग खेलवाड गरेको पनि बताउनुभयो ।


जसपा र आफुहरु निर्वाचनबाट नभागेको जनाउँदै उहाँले प्रधानमन्त्रीले नै गैर सम्बैधानिक कदम चालेकोले सोको विरोध गरेको प्रष्ट पार्नुभयो ।

जसपाले नचाहेमा देशमा निर्वाचन गराउने ताकत र हैसियत कसैलाई नभएको उल्लेख गर्दै पुर्वमन्त्री राईले यसअघि पनि गिरिजा प्रसाद कोइरालाले निर्वाचन गराउन खोज्दा मधेशवादी दलहरुको विरोधकै कारण निर्वाचन गराउन नसकेको प्रति सबैको ध्यानाकर्षण गराउनुभयो ।
पुर्वमन्त्री राईले जनता समाजवादी पार्टी देशका सबै समुदाय, वर्ग र धार्मिक सम्प्रदायको साझा पार्टी भएको जनाउँदै उहाँले यसले नै सबैका मुद्दा र अधिकारलाई आफ्नो एजेण्डा बनाएको दावी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले पार्टीभित्रको आन्तरिक किचलो मिलाउन नसकेर प्रतिनिधिसभालाई भंग गरेर रिस मेटाउन खोजेकोले जसपाले कुनै पनि हालतमा स्विकार नगर्ने बताउनुभयो ।
बाँके क्षेत्र नम्बर २ का संघिय सांसद समेत रहनु भएका पूर्वमन्त्री राईले केही छोटे र स्थानीय राजा भनाउँदाहरुले फेरी नेपाली जनतालाई रैती बनाउन, गुलाम बनाउन र तानानशाही लाद्न अहिले राजा आउ भन्ने नारालाई अघि सारेको जनाउँदै एक पटक राजा र राणाहरुको ईतिहास पढ्न सबैसंग आग्रह गर्नुभयो ।


बाँकेमै भएका केही स्वघोषित राजाहरुले गरेको अन्याय, अत्याचार र गलत कार्यको खुलेरै जानकारी गराउँदै उहाँले उनिहरुले अब फेरी त्यस्तै कुरा दोहोरयाउनका लागि राजा आउ भनेर कराईरहेको प्रष्ट पार्नुभयो ।


राप्रपाले अहिले गणतन्त्र र धर्म निरपेक्षताको विरोध गरिरहेको प्रसंगमा पुर्वमन्त्री राईले भन्नुभयो, हिजो संविधानसभामा गणतन्त्र र धर्म निरपेक्षताको समर्थनमा मत दिने ले अहिले आएर मान्दिन भनि जनतालाई बेवकुफ बनाउन मिल्छ ।

मन्त्रीको कुर्सिका लागि हिजो कमल थापाले संविधानलाई स्विकार गरेका थिए, अनि अहिले आएर जनतालाई बेवकुफ बनाउँदै हिडेका छन् ।
संविधानमा जनताका सबै अधिकार समावेश नगरिएकोले बरु आफुहरुले संविधानसभाको बहिस्कार गरेको र त्यतिबेला संविधानलाई समर्थन नगरेको उहाँले स्मरण गराउनुभयो ।
आफु मन्त्री भएको बेला तथा त्यसपछि पनि बाँकेमा विकासका धेरै कामहरु गरिएको पुर्व मन्त्री राईले दावी गर्नुभयो ।


सोही अवसरमा बोल्दै जसपाका अर्का नेता अक्वाल अहमद शाहले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेर नेपाली जनताको अपमान र गैर सम्बैधानिक काम गरेको पनि आरोप लगाउनुभयो ।

प्रधानमन्त्रीको असंबैधानिक कदमलाई तत्काल कसैसंग सल्लाह नै नगरि राष्ट्रपति विद्यादेवी भण्डारीले लालमोहर लगाएकोप्रति पनि उहाँले गम्भीर आपत्ती जनाउनुभयो ।
महिला नेतृ अमृता अग्रहरीले ठूला राजनीतिक दलहरुले मधेशी जनतामाथि दमन र शोसन गरेको आरोप लगाउनुभयो । उहाँले मधेशी र मधेशमाथि काँग्रेस, नेकपा लगायतका दलहरुले रैतीको व्यवहार गरेको बताउनुभयो ।
पार्टीका जिल्ला अध्यक्ष कमरुद्धिन राईको सभापतित्वमा भएको विरोध कार्यक्रमलाई जिल्ला सचिव राजन रानामगर र कौशल कुमार धोबीले सञ्चालन गर्नु भएको थियो । सो कार्यक्रममा प्रदेशसभाका सांसद विजय यादवले पनि सम्बोधन गर्नु भएको थियो ।


सोही कार्यक्रममा २ हजार १ सय जनाले विभिन्न पार्टी त्यागेर जसपामा प्रवेश गरेको जिल्ला अध्यक्ष राइले बताउनुभयो । पार्टी वेश गर्नेहरुलाई केन्द्रिय नेता मोहम्मद ईश्तियाक राईले माला लगाएर खादा ओढाई स्वागत गर्नुभएको थियो ।


सोमवार विहानैदेखि नेपालगन्जमा अत्याधिक चिसो बढेको र शित लहर चलेकोले संघिय राजधानी काठमाण्डौबाट विहान जहाज आउन नसक्दा जसपाका वरिष्ठ नेता अशोक राई नेपालगन्ज आउन नसकेको सो अवसरमा जानकारी गराईएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »