सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सन्दीप आइपिएल खेल्न आइतबार यूएई जाने

काठमाडौँ /२६ भदौ ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग ९सिपिएल० सिजन २०२० मा खेलेर इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न संयुक्त अरव इमिरेट्स (यूएई) आइतबार पुग्ने भएका छन् ।

सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले सन्दीप शनिवार यूएईतर्फ लाग्ने बताएका छन् । रमनका अनुसार सन्दीप आइतबार यूएई पुग्ने छन् ।

सन्दीप सम्मिलित जमैका तलावाज सेमिफाइनलमा ट्रीनबेगो नाइट राइडर्ससँग ९ विकेटले पराजित हुँदै बाहिरिएको थियो । नाइट राइडर्सले सेन्ट लुसिया जुक्सलाई ८ विकेटले हराउँदै चौथो पटक उपाधि जितेको छ ।

सन्दीपले ११ खेलमा १० इनिङमा ४० ओभर बलिङ गर्दै १ मेडन सहित २ सय ११ रन खर्चेर १२ विकेट लिदै उत्कृष्ट प्रर्दशनका साथ सिपिएल यस सिजनको अन्त्य गरे ।

सन्दीपको इकोनमी रेट ५।२७ रहँद उत्कृष्ट प्रर्दशन २–८ रह्यो । सन्दीपलाई जमैकाले १ करोड भन्दा बढी नेपाली रुपैयाँमा अनुबन्ध गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »