सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सफलतालाई मिल्यो ठुलो सफलता: बनिन् मिस तामाङ २०२१

यसपालीको मिस तामाङ २०२१ को विजेता काभ्रेका सफलता थिङ तामाङ बनेकी छिन् । २४ जना प्रतियोगीहरु रहेका मिस तामाङमा सामेल २३ लाई पछि पार्दै मिस तामाङको ताज जित्न सफल सफलताले मिस मल्टिमिडिया, मिस इन्टेलेक्चुएल र मस्ट पपुलर ग्लोबल अनलाइन पे टाइटल पनि आफ्नो पोल्टामा पार्न सफल भइन् । मिस तामाङ सफलताले आफ्नो पहिलो प्राथमिकता नै आफ्नो भाषा, भेषभूषा र संस्कृतिको संरक्षण गर्न सधैँ तप्पर रहने र हरेक नेपाली अन्यायमा नपरोस् भन्नका लागि न्याय र कानुनी ज्ञान समुदायको बस्ती बस्तीमा पुर्याउनु उद्देश्य, लक्ष्य रहेको सटीक उत्तर दिएका थिए ।

त्यसैगरी फस्ट रनर अप पेमा पाख्रिन र सेकेन्ड रनरअप सोनिया वाइवा भएका छन् । उनीहरूले क्रमशः नगद २० हजार रुपैयाँ र ३० हजार रुपैयाँ प्राप्त गरेका छन् । एम डी ग्रुपको प्रस्तुतिमा भएको १३ औँ संस्करणको प्रतियोगिता मम्स इन्टरनेसनल नेपालको आयोजनामा भएको थियो ।

यसैगरी मिस पर्सनालिटीमा सिसन दोङ लामा, फोटोजेनिकमा सुनिता तितुङ तामाङ, भ्युअर्स च्वाइसमा पेमा पाख्रिन तामाङ, मिस फ्रेण्डली जित्न सफल सुस्मा घिसिङ तामाङ र मिस कन्फिडेन्समा सुजाता तितुङ तामाङ भएका छन् । यसैगरी प्रतियोगिताको ग्लोबल अनलाइन पे टाइटल निशा घिसिङ तामाङ, पेमा पाख्रिन तामाङ, रिमा तामाङ, सफलता थिङ तामाङ र सोनिया वाइवा तामाङले जितेका छन् ।

निर्णायकहरु संगीतकार प्रदिप बम्जन, डा. छिरीङ योन्जन, नवाङ मोक्तान, वर्षा लेखी रहेका थिए । निर्णायक मण्डलले टप ५ मा सफलता थिङ तामाङ, पेमा पाख्रिन तामाङ, रोशनी रूम्बा तामाङ, सिसम दोङ लामा र सोनिया वाइवा तामाङ छानिएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »