सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सफल युवा व्यवसायी चण्डी प्रसाद गैरेद्धारा पत्रकारलाई रिर्चाज वितरण

किरन स्वर्णकार

कोहलपुर,कोरोना भाइरस कोभिड १९ को जोखिम सामना गर्दै विभिन्न मिडिया मार्फत रिपोटिङ्ग गर्ने पत्रकारलाई आइतबार रिचार्ड वितरण गरिएको छ ।

कोहलपुरको पहिलो छापा खाना सञ्चालन गरेका गैरे अपसेट प्रेसका सञ्चालक एवं कोहलपुर उद्योग वाणिज्य संघका सदस्य चण्डी प्रसाद गैरेले ६ जना फिल्डमा खटिएका पत्रकारलाई प्रतिव्यक्ति ५ सयका दरले रिचार्ड वितरण गरेका हुन ।
गैरेका अनुसार लकडाउनका कारण कोरोना भाइरसको जोखिम मोल्दै आम श्रोता, दर्शकका लागि सञ्चारकर्मीले महत्वपुर्ण भूमिका खेलेकाले आफुले सक्दो सहयोग गरेको बताए ।

व्यवसायी गैरेले यस भन्दा पहिले पनि कोरोना भाइरसका कारण लकडाउनको समयमा अति विपन्न तथा असाय परिवारलाई राहत सामग्री व्यक्तिगत खर्चमा वितरण गरेका थिए । करिब ३९ घरपरिवारलाई खाद्य सामग्री वितरण गरिएको गैरे बताउछन् । आगामी दिनमा पनी मिडियाकर्मीहरुलाई परेको समस्यालाई समाधान गर्ने बताए ।

लामो समयदेखी कोहलपुरमा छापाखानाको व्यवसाय गर्दै आइरहेका गैरे देशमा भइरहेका विभिन्न संकटको समयमा आफ्नो व्यक्तिगत तबरले विभिन्न समुदायका नागरिकहरुलाई सहयोग गर्दै आइरहेका छन् ।

बाँकेको पहिलो मल्टिमिडिया छापाखाना संचालन गरेका गैरे कोहलपुर नगरपालिका वडा नं ११ निबासी हुन भने उनी एक सफल युवा व्यवसायीको रुपमा पनी परिचित व्यक्ति हुन ।

भर्खरै

सम्बन्धित खबर

Language »