सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सबभन्दा बेईमान नेपाली काँग्रेस र नेकपा (एमाले)हुन् : केशर बहादुर बिष्ट

काठमाण्डौ । २०४६ साल को  जनाअन्दोलन देखि आजसम्म  को स्थितिलाई सहि ढंगले नेपाली हरुले मुल्याङ्कन गर्नेहो भने  सबभन्दा बेईमान र अबसरवादी नेपाली काँग्रेस र नेकपा(एमाले)ठहर्ने एक कार्यक्रम बिच पुर्व  मन्त्री केशर बहादुर  बिष्टले बताएका छन् ।

राष्ट्रीय शक्ति नेपाल  को  काठमाण्डौ निर्वाचन क्षेत्र नं७ को क्षेत्रीय भेला तथा  संगठन बिस्तार कार्यक्रम मा  बोल्दै बिष्टले यस्तो बताएका  हुन्।  २०४७ सालमा  संसारकै सबभन्दा उत्तम संबिधान लेखेको भन्दै कुर्लने यि दुई पार्टी ले सत्ता र  सम्पतीको लागी आफैलाई समेत धोका दिएर आफैले आतंककारी घोषणा गरेको माओवादी संग मिल्नग ई राजसंस्ठा र आम जनतालाई धोका दिएको उनको  भनाई छ।

राजा, काँग्रेस  र वाम सहमतीमा लेखिएको संबिधान लाई २० बर्ष पनि टिक्न नदिएर च्यात्नेअधिकार यिनिहरुलाई जनताले दिएको नभ ई उत्तर र  दक्षिण बाट आएको दवाब हो भन्ने  कुरा आम जनतालाई प्रष्ट भएको पनि उनले बताएका छन्।

काठमाण्डौ क्षेत्र नं७ का शभापति देबेन्द्र महर्जन को शभापतीत्व र  राष्ट्रीय शक्ति नेपालका  अध्यक्ष केशर बहादुर बिष्ट को प्रमुख आतिथ्यमा  भएको  भेलाले  श्याम के. सि. को नेतृत्वमा  क्षेत्रीय समिति समेत  गठन गरेको  थियो  ।

कार्यक्रममा  नेपालि सेना ,नेपाल प्रहरी का  पुर्व बिषिष्ट ब्यक्ती हरु  को समेत  उल्लेख्य उपस्थीति रहेको  थियो  । ३०० भन्दा माथि स्थानिय को  उपस्थितिमा  भएको सो कार्यक्रम  मा  बोल्ने  बक्ता हरुले काठमाण्डौ जस्तो ठाउँमा  यस्तो भब्य कार्यक्रम  सफल बनाएको मा शभापती देबेन्द्र महर्जन  को प्रशंसा समेत  गरेका थिए  ।

राष्ट्रीय शक्ती नेपालले   संबैधानिक राजसंस्था  ,सनातन हिन्दु राज्य  ,र  संघियताको खारेजि   को तीन वटा मुद्दा लाई अगाडी बढाएको बताउदै एकदिन  जनताहरुलाई समेत  यि  पार्टीहरुको हर्कत  देखि वाक्क लागेर  आफ्नो  पक्षमा  आउने दावि गरे ।

बालाजुको  सिंगस् पार्टी भेन्यु मा भएको कार्यक्रम को संयोजन  र  ब्यबस्थापन समेत  राष्ट्रीय शक्ति नेपाल का  केन्द्रीय  अभियन्ता देबेन्द्र महर्जन ले  गरेका  थिए  ।  क्षेत्र नं ७ काठ्माण्डौ ले कार्यक्रम  भब्यरुपमा  सफल पार्न  साथ र सहयोग  गर्ने  सबैलाई हार्दीक  आभार समेत  ब्यक्त  गरेको  थियो  ।

भर्खरै

सम्बन्धित खबर

Language »