सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सबैका लागि– ‘नमूना’


नेपालगञ्ज, कृष्णा केसी(नमूना) प्रदेश सभा सदस्य हुन् । तर उनको परिचय त्यतीले मात्र अपुरो हुन्छ । विद्यार्थीकालबाट राजनीतीमा होमीएकी (नमूना) राजनीतीक मैदानमा मात्र हैन, सामाजिक क्षेत्रमा पनि आफुलाई अथक योद्धाका रुपमा प्रस्तुत गरिरहेकी छिन् ।

बाँके क्षेत्र न १ को प्रतिनीधीत्व गर्ने सांसद केसीले कोरोना (कोभिड १९० संक्रमणको विषम परिस्थितीमा पनि आफनो अग्रसरता देखाइरहेकी छिन् ।
सम्वाद समूह बाँकेको सदस्य रहेकी केसी जनसरोकारका सवालमा पनि अग्रसर हुँदै आएकी छिन् ।

पछिल्लो चरण उनको सक्रियता राजनीती गर्नेहरुका लागि मात्र हैन, सबैका लागि लोभ लाग्दो छ । राजनीती र भुगोल भन्दा माथी उठेर उनी नेपाल भारत सीमा नाकामा अलपत्र परेका नेपालीहरुको उद्धार, पुनस्थापनामा अहरोत्र खटीइन ।

जिम्मेवारीबाट पञ्छीन खोज्नेहरुको भिडमा उनी स्वयं क्रियाशिल मात्र भइनन्, अगुवाई नै गरे अरुलाई हौसला पनि दिइन । कोरोनाको सन्त्रास फैलिइरहेका बेला उनले वीपन्नहरुका लागि राहत संकलन र वितरणमा नमूनाकै काम गरिन् । कोभीड– १९ रिलीफ फण्डका नाममा संकलित राहत स्थानीय तह मार्फत सबै गाउँपालिकालाई प्रदान गरिन् ।

सवै क्षेत्रलाई समेटेर उनले ७ लाख ७६ हजारको राहत वितरण गरिन् । कोषमा ८ लाख ७० हजार जम्मा भएको छ । अझैं राहत जम्म हुने क्रम जारी छ । उनले राहत वितरण गरिरहदा स्थानीयवासीले अन्य सांसदहरुको सक्रियता र उपस्थिती पनि खोजीरहेका थिए ।


जिल्लाका विभिन्न क्वारेन्टाईन व्यवस्थापनदेखि त्यहाँ रहेकालाई घर पु¥याउने सम्मको भूमिकामा पनि उनले सहजीकरण गरिरहीन् । नेपालगञ्जमा कोरोना परिक्षण किट लगायत स्वास्थ्य सामाग्रीको परिपुर्ती, भेरी अष्पतालमा पीसीआर जडान, खजुरा अस्पतालमा आइसोलेशन निर्माण लगायतमा पनि उनी पछि हटीनन् ।

कुनै न कुनै रुपमा आफुलाई अगाडी सारिरहिन् । धेरैलाई थाहा नभएको अर्को पाटो पनि छ – सम्वाद समूह बाँकेको सदस्यका रुपमा समेत उनले आवश्यक सहजीरकण गरिरहेकी छिन् । पछिल्लो समय नरैनापुरमा कोरोनाको संक्रमण फैलीएपछि सांसद केसीले सो क्षेत्रमा विशेष प्याकेजसहितको माग गरिरहेकी छिन् ।

सामुदायिक आइसोलेशन बनाइनु पर्ने, क्वारेन्टाइन व्यवस्थित गर्नु पर्ने, आरडीटी, पीसीआर बढाइनु पर्ने लगायतका १२ वँुदे माग राखेर प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रल र सामाजिक विकास मन्त्री सुदर्शन बरालको ध्यानाकर्षण गराएकी छिन् ।
सार्वजनिक सरोकार र जनताको सवालमा उनी स्थानीय सरकार प्रमुखदेखि प्रजीअ र आवश्यक परे मन्त्रीदेखि प्रचण्डसम्म पनि कुरो गर्न पछि पर्दीनीन् । राजनीतिक सवाल होस् या सामाजिक उनी दुवैमा उत्तिकै सक्रियता देखाउँछिन् ।

धेरै जसो राजनीतीकर्मीहरु पद, प्रतिष्ठा र नामलाई महत्व दिन्छन् तर उनी त्यसमा खासै रुची राख्दीनन् बरु उनी परिस्थिती र आवश्यक्ताअनुसार सहज भइदिन्छिन् । यसले उनको लोकप्रियता झनै बढेको छ । अहिले धेरैले भन्ने गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »