सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

”सबैभन्दा धेरै स्थानीय सरकारले नै काम गरेकाे छः” नगरप्रमुख अशाेक ब्याञ्जु

काठमाडाैँ । लकडाउनकाे समयमा के गर्दै हुनुहुन्छ ? भन्ने सन्दर्भमा सारा खबरले धुलिखेल नगरपालिकाकाे मेयर तथा नगरपालिकासंघकाे अध्यक्ष अशाेक ब्याञ्जुसँग कुराकानी गरेका थियौँ ।

उहाँले लकडाउनकाे समयमा सम्पुर्ण नगरपालिकाका प्रमुखहरूसँग, बाग्मती प्रदेशका मुख्यमन्त्रीसँग, संघिय मामिलामन्त्रीसँग, स्वास्थ्य क्षेत्रका डक्टरहरूसँग,काभ्रे जिल्लाका सम्पुर्ण स्थानीय तहका प्रमुखहरूसँग, अन्तर्राष्ट्रिय नगरपालिका संघकाे साउथ एसियन प्यासिफिक रिजनकाे ४० वटा देशका मेयरहरूसँग ”अबकाे वेव फर्वाड के हुन सकिन्छ ? काेभिड-१९ काे समाधान के हुन सकिन्छ ?” भन्ने विषयमा बहस, छलफल गरेर नै लकडाउनकाे करिब ३ हप्ता बिताएकाे बताउनु भयाे ।

उहाँ भन्नु हुन्छ । ”हिजाेकाे दिनमा भाैतिक पुर्वधार विकासमा बढि ध्यान दियाैँ । याे महामारीले स्वास्थ्य क्षेत्रमा लगानी बढाउनु पर्छ भन्ने सन्देश दिएकाे छ । ताकि स्वास्थ्य क्षेत्रमा जस्ताे सुकै समस्या आउँदा त्याे समस्यासँग लड्न सक्ने तयारी भैरहेकाे हाेस् ।

अहिलकाे याेआर्थिक मन्दीलाई उकास्नका लागि के कस्ता याेजनाहरू ल्याउने तयारी गर्नु भएकाे छ ? भन्ने प्रश्नमा उहाँ भन्नु हुन्छ । ”याे आर्थिक मन्दि भनाैं या घाटा जे भनेता पनि यो एक ठाउँमा मात्र हाेइन । संसार भरिनै यसले उत्पादनकाे क्षेत्रमा, उपभाेगताकाे क्षेत्रमा, वितरण क्षेत्रमा र सामान्य भन्दा सामान्य किसानले उत्पादन गर्ने बस्तु देखि लिएर संसारका सबभन्दा बहुराष्ट्रिय कम्पनीहरूले उत्पादन गर्ने बस्तु र त्यससँग जाेड्ने राेजगार, त्यसकाे अर्थतन्त्र, त्यस्तै समाजमा पर्ने इम्प्याक्ट र अब याे युगलाई नै चुनाैति दिने खालकाे समस्या हाम्राे सामु छन् । त्यसकाे प्रभाव हामीलाई पनि परेकाे छ । तपाईंले भन्नु भा जस्तै धुलिखेलेमा ७० वटा भन्दा बढी हाेटल, रेष्टुरेण्टहरू, रिसाेर्टहरू छन् । धुलिखेल हस्पिटल, काठमाडाैँ विश्वविद्यालय, यहाँका उद्याेगधन्दा, व्यापार व्यवसाय, यहाँकाे व्यापारी, उद्याेगपतिहरूकाे सबैलाई लकडाउन असर पारेको छ । हामीले हाम्राे अर्थतन्त्रकाे बस्तुगत अवस्था कस्ताे हुन्छ ? भन्ने कुरा हामीले विश्लेषण गर्नु पर्छ र त्यसैले हाम्रा कमजाेरीहरू कहाँ कहाँ छन् ? हामीले के गर्दा स्थिति के हुन सक्छ ? र अब नगरपालिकाकाे बजेटलाई नै हामीले रिभाईज गरेर नयाँ ढंगले प्रस्तुत गर्ने, नयाँ ढंगले साेच्नु पर्ने कुरा छ ।

अहिले हामीले उत्पादनसँग जाेडेर बढी भन्दा बढी लगानी गर्ने, स्वराेजगार सृजना हुने क्षेत्रमा हाम्राे लगानी गर्ने, उद्याेगशिल भएका मानिसहरूलाई उद्यमशिलताकाे कामहरूमा अगाडी बढाउने, नयाँ भाैतिक, कृषि उत्पादानसँग जाेडिएका साथीहरूलाई उनीहरूकाे कार्य क्षमतालाई प्रविधि हस्तान्तरण गर्ने, उनीहरूलाई ब्युभिजन, मल दिएर वितरण प्रणालीलाई व्यवस्थित गर्ने र यस बर्षकाे अर्थिक समस्या मात्र ल्याउने हाेइन, अर्काे वर्षमा पनि आर्थिक समस्या हुने व्यापक संभावना छ । त्याे मात्र हाेइन, यदि हामीले बेलामा नै हाम्राे कृषि उत्पादनलाई व्यवस्था गर्न सकेन भने हामी धेरै समस्यामा पर्ने छाै ।”

बाँकी भिडियाे हेर्नु हाेला ।

भर्खरै

सम्बन्धित खबर

Language »