सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

”सबै नेकपा भइसकेका छौं, नेता कार्यकर्ताले गुटको राजनीति त्याग्नुपर्छ ।”:प्रवक्ता नारायणकाजी श्रेष्ठ

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले ललिता निवास जग्गा प्रकरणको विषयललाई लिएर प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गर्नु गलत भएको बताएका छन् ।

शुक्रबार गोरखामा आयोजित कार्यक्रममा उनले चित्त नबुझेको कुरामा विरोध गर्नु प्रतिपक्षीको चरित्र भए पनि आफूलाई लोकतान्त्रिक पार्टी भन्ने कांग्रेसले संवैधानिक अंगको विरोधमा आवाज उठाउनु गलत भएको बताएका हुन् ।

‘अख्तियार छुट्टै संवैधानिक अंग हो । यसलाई अझै बढी प्रभावकारी बनाउनु पर्छ भन्ने हाम्रो पार्टी र सरकार दुवैको धारणा छ । तर अख्तियार सरकारद्वारा निर्देशित छ भन्ने प्रचारमा लागेर कांग्रेसले संसद अवरुद्ध गर्नु गलत हो’ उनले भने ।

आफ्नो काम गर्न अख्तियार स्वतन्त्र रहेको भन्दै नेता श्रेष्ठले नेकपाले संवैधानिक अंगहरुलाई हस्तक्षेप नगर्ने जिकिर गरे । ‘जुनसुकै पार्टीको भएपनि भष्ट्राचारी छुट्नु हुँदैन भन्ने हाम्रो दृढ मान्यता हो । यसमा अख्तियारलाई स्वतन्त्र ढङ्गले काम गर्न पाउने वातावरण सिर्जना गर्छौं’ उनले भने ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजान भूमिका खेलेको भन्दै कांग्रेस नेता विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । त्‍यसको विरोधमा नेपाली कांग्रेसले शुक्रबार दोस्रो दिन पनि संसद अवरुद्ध गरेको छ ।

राष्ट्रियसभा सदस्यमा निर्वाचिचत भएपछि श्रेष्ठको सम्मानमा आयोजित कार्यक्रममा उनले आफू पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने बताए ।

पार्टीभित्रको प्रसंगमा नेता श्रेष्ठले नेता कार्यकर्ताले गुटको राजनीति त्याग्नुपर्ने बताए । ‘पार्टीभित्र गुट चलाउने हाम्रो पुरानो रोग छ । यसलाई अन्त्य गर्नुपर्छ, अब हामी पूर्व एमाले र माओवादी होइनौं, सबै नेकपा भइसकेका छौं’ उनले भने ।

भर्खरै

सम्बन्धित खबर

Language »