सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समयमा धरौटी बुझाउन नसक्दा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने ३५ स्वास्थ्य संस्था खारेज

काठमाडौं। वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने ३५ स्वास्थ्य संस्था खारेज भएका छन् ।

तोकिएको समयमा धरौटी रकम बुझाउन नसकेको र पेश गरेको सफाइ पनि सन्तोषजनक नभएको देखिएकाले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने ३५ स्वास्थ्य संस्था खारेज गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगार नियमावलीको पाँचौं संशोधन अनुसार विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाले सूचीकरण हुँदा पाँच लाख रुपैयाँ नगद धरौटी जम्म गर्नुपर्ने हुन्छ ।

नियमावलीको पाँचौ संशोधन लागू हुनुभन्दा अघि मन्त्रालयमा सूचीकरण भइसकेको स्वास्थ्य संस्थाले पाँचौं संशोधन लागू भएको मितिले तीन महिनाभित्र नपुग धरौटी रकम दुई लाख रुपैयाँ वैदेशिक रोजगार विभागमा जम्मा गर्नुपर्छ ।

तर ३५ वटा स्वास्थ्य संस्थाले नपुग रकम नबुझाएको र दिएको सफाइ पनि सन्तोषजनक नभएपछि श्रम मन्त्रालयले सूचीकरण खारेज गरेको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »