सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समस्यामा परेका कलाकार र विपन्न परिवारलाई राहत वितरणकाे तयारी

काठमाडाैँ। कोरोना भाइरसको कारणले यत्तिबेला विश्व नै संकटमा छ । नेपाल पछुतो रहने कुरो नै रहेन । यो रोग नेपालमा २३ जनवरीमा एक विद्यार्थीमा देखा परेको थियो । अहिले ४२७ जनामा देखा परेको छ भने २ जनाको मृत्यु भएको छ ।

चैत्र १० गते देखि नेपालमा पनि लकडाउन भएको थियो । यो समाचार तयारी गरिहँदा ५८ दिन भएको छ । निम्न वर्ग र दैनिक ज्याला मजदुरी गरेर जीवन यापन गरिरहेका आम मानिसमा कोरोना भन्दा पनि दैनिक भोक मेटाउन दिनानुदिन समस्या थप्दै गइरहेका छन् ।

विभिन्न संघ संस्थाहरुले सामुहिक मेस संचालन गरेर वा राहत वितरण गरेर दैनिक भोक मेटाउने प्रयास भइरहेका छन् । यसै सन्दर्भमा तामाङ चलचित्रको क्षेत्रमा कलम चलाउँदै आइरहेका लेखक तथा कलाकार ऋतुराज पाख्रीन र कोरियोग्राफर अजय स्याङतानको संयुक्त प्रयासमा तामाङ कलाकार, प्राविधिक चलचित्र कर्मी र निम्न आय भएका परिवारका लागि राहत वितरण अभियान संचालन गरेको छ ।

याे अभियानमा रोशन फ्युबा तामाङ, दावा फिन्जो तामाङ, याङ्चु थोकर, खेम मोक्तान , मुस्कान तामाङ, सिम्रन मोक्तान तामाङ, अनिता नेगी, सन्ध्या सुस्केरा,उर्मिला वाईबा,राज कुमार स्याङतान ,मन्जु मोक्तान तामाङ जाेडिएका छन् भने बैदेशिक समिति अभियान्ता सदस्यका रूपमा रहेर राज लामा पाख्रीन, दिपक थिङ तामाङ, अन्जुली लोप्चन, रन्जिता तामाङ स्याङ्तान, रोहित घ्लान, अस्मिता पाख्रीन,मनिष लोप्चन रहेका छन्।

यो अभियानलाई सफल पार्नका लागि चलचित्रकर्मी, विभिन्न क्षेत्रमा लागेका व्यवसायीहरु, सामाजिक क्षेत्रका व्यक्तिहरुले सहयोगका हातहरु अघि सारेका छन् ।

हाल सम्म सहयोग गरेका व्यक्तिहरुको नामवली यस प्रकारको रहेका छन् ।

(१) फुर्बा दोर्जे मोक्तान तामाङ रु,३१,१३०/- मलेसिया (२)ऋतुराज पाख्रीन रु,१०,०००/-नेपाल (३)अजय स्याङतान रु,१०,०००/-नेपाल (४)अनिता नेगी रु, ५,०००/-नेपाल (५)रन्जिता ब्लोन लामा रु, ५,०००/-नेपाल (६)रोशन फ्युबा तामाङ रु, ५,०००/-नेपाल
(७)दावा फिन्जो तामाङ रु,५,०००/-नेपाल (८)अन्जुली लोप्चन रु,५,०००/-दुबई (९)रन्जिता स्याङतान रु,५,०००/-दुबई (१०)बिनोद लामा रु,५,१५०/- नेपाल (११)सागर लामा रु,५,१०१/-मलेसिया (१२)सन्दिप स्याङतान रु,५,०००/-नेपाल
(१३)कुमार ओख्रेली रु,५,०००/-कतार (१४)छिमि माम्बा रु,५,०००/-नेपाल (१५)मनिश लोप्चन रु,५,०००/-दुबई
(१६) टुल्साङ मोक्तान रु,५,०००/-नेपाल (१७)आश्मान वाइबा रु,१०,५००/-नेपाल (१८)जीवन घ्लान रु,५,०४१/-मलेसिया
(१९)संगीता मोक्तान रु,३,०००/-दुबई (२०)दिपक थिङ रु,१०,०५०/-कतार

यसैगरी संयोजक ऋतुराज पाख्रीनका अनुसार सय जना सहयोग गर्नै पर्ने व्यक्तिहरुको नामवली पनि संकलन भैरहेको जानकारी दिनुभएको छ भने अबकाे केही दिनमा राहत वितरण गर्ने तयारीमा रहेकाे संयाेजक ऋतुराज पाख्रीनले सारा खबरलाई जानकारी दिनुभयाे ।

भर्खरै

सम्बन्धित खबर

Language »