सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समस्यामा परेका १८३ परिवारका लागि राहत वितरण

काठमाडाैँ । लकडाउनको कारणले गरिखाने वर्गका लागि दैनिक जीवन गुजारा चलाउन समस्या भइरहेको छ । नेपाल सरकारले घोषणा गरेको निषेधाज्ञाको पालना गर्दा कोठा भाडा तिर्ने समस्या, बाल बच्चा भोकै बस्नु पर्ने बाध्यता यी आदि समस्यालाई धेरै नेपालीले सामना गर्दै आइरहेको छ । कतिपयले आत्महत्याको बाटो पनि रोजेका छन् । यस्तै समस्यामा परेका १८३ परिवारका लागि मिसन समृद्घ नेपालको विशेष पहलमा राहत वितरण गरेको छ ।

सहयोगी भावनाका व्यक्तिहरुको सहयोगी हातहरुका कारणले यो कार्य गर्न सम्भव भएको हो ।

विभिन्न रोगीहरूलाई जस्तै मृगौला पीडित, ब्लड क्यान्सर, एकल महिला, सुत्केरी अामा र साँच्चिकै समस्यामा परेकाहरु लाई १ बोरा चामल, २ केजी दाल, १ लिटर तेल, १ प्याकेट नुन, खाद्यान्न सामग्री वितरण गरेका थियौं ।

लकडाउनको कारण भोकभोकै बस्न बाध्य भएकाहरुलाई “हाम्रो समृद्ध नेपाल” बाट रु.१ लाख ५४ हजार रुपैयाँ ,अमेरिकामा बसोबास गर्नु हुने समाजसेवी लोकबहादुर घिसिङले रु.९३ हजार ४ सय ९०, तामाङ चलचित्रका चर्चित नायक जंगे लोप्चन बाट रु. २० हजार, समाजसेवी सरोज लामा घिसिङ रु. २० हजार, सागर घिसिङ रु. २० हजार साथै समाजिक अभियन्ता बाविता योञ्जनले वहाँको स्वर्गीय आमाको नाममा २ सुत्केरी आमालाई विशेष प्रोटिन युक्त खाद्यान्न हस्तान्तरण गरेकाे हो ।

काभ्रे, भक्तपुर, ललितपुर, काठमाडौं जिल्लाको विभिन्न स्थानमा लकडाउनको मारमा परेर निकै समस्यामा परेकाहरुलाई उक्त राहत वितरण गरेको हो ।

समाजिक अभियन्ता तथा हाम्रो समृद्ध नेपालका अध्यक्ष सुदिन लामाको बिशेष पहलमा उक्त खाद्यान्न सामग्रीहरु हस्तान्तरण गरेका थिए भने उक्त खाद्यान्न राहत वितरण गर्न निकै सकृय समाजिक अभियन्ता, कलाकार, पत्रकारहरु सहभागी भएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »