सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाजवादी युवा संघको राप्रपालाई चेतावनी राजनीतिक संस्कार सिक्नुहोस् नत्र चुप लाएर बसिदैन्

नेपालगन्ज,समाजवादी युवा संघ लुम्बिनी प्रदेशका अध्यक्ष नदिम शाहले समाजवादी युवा संघ लुम्बिनी प्रदेशका अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेको हल्ला निराधार भएको बताउनु भएको छ ।
राप्रपा बांकेले नेपालगन्ज उपमहानगरपालिकामा वडा नम्बर ४ मा गरेको कार्यक्रममा समाजबादी युवा संघ लुम्बिनी प्रदेशका अध्यक्ष राकेश शाह लगायत समाजबादी युवा संघका युवाहरु आफ्नो पार्टीमा प्रबेश गरेको सामाजिक संजालमा प्रचार प्रसार गरेको थियो । तर शाह समाजवादी युवा संघ लुम्बिनी प्रदेशका अध्यक्ष नभएको उहाँले स्पष्ट पार्नुभएको हो ।


पुष १९ गते युवा संघका कार्यकर्ताहरु राप्रपामा प्रवेश गरेको भनि विभिन्न सामाजिक संजालमा प्रचारबाजी गरेको बिषयमा हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

विज्ञप्तीमा भनिएको छ हाम्रो संगठनको दोश्रो लुम्बिनी प्रदेशको नेपालगन्जमा मिति कार्तिक २२ मा सम्पन्न भेलाले मेरो (नदिम शाह)को संयोजकत्वमा ५१ सदस्यीय प्रदेश समिती निर्बाचित गरेको र निज राकेश शाह लगायत आज प्रबेश गरेका कुनै पनि युवाहरु हाम्रो संगठनको साधरण सदस्य समेत नरहेको जानकारी गराइन्छ ।


नदिम शाहद्धारा जारी विज्ञप्तीमा भनिएको छ एउटा राजनितिक पार्टी हुनुको नाताले राजनितिक संस्कारमा रहि प्रचारप्रसार गर्न र अनाबश्यक भ्रमको खेती नगर्न अपिल गर्दछौं ।

यस्ता गलत र अनर्गल प्रचारबाजी भएमा समाजबादी युवा संघ चुप लागेर नबस्ने चेतावनी पनि विज्ञप्तीमार्फत दिइएको छ । राप्रपाको अवस्था खस्कदै गएपछि उस्ले विभिन्न पार्टीका कार्यकर्ताहरु आफ्नो पार्टीमा प्रवेश गरेको गतल प्रचार गर्दै आएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »