सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाजसेवी न्याैपाने उपराष्ट्रपति नन्दबहादुर पुन द्वारा सम्मानित

काठमाडौ ।वरिष्ठ राजनीतिज्ञ ,समाजसेवी तथा नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका–४ का ईकाई सभापति रामप्रसाद न्याैपाने सम्मानित भएका छन ।

शनिबार फोकस नेपालले काठमाडौंमा आयोजना गरेको हिन्दूहरूको दोस्रो ठूलो महान चाड तिहारको अवसरमा शुभकामना देउसी भैलो बिशेश सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुन र स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय भवानी प्रसाद खापुङ्ले संयुक्त रुपमा भव्य समारोहका बीच न्याैपानेलाई सम्मान गर्नु भएको हो।

बिगत दुई दशक देखि सेवा मुलक ब्यबसाय र सामाजिक ,राजनीति ,क्षेत्रमा सक्रिय भई बित्तिय क्षेत्रमा तथा विभिन्न संघ सस्थामा प्रत्यक्ष संलग्न भएर मुलुकको आर्थिक बृदीदर उकास्न महत्वपुर्ण भुमिका शिक्षा, स्वास्थ्य, रोजगार र विभिन्न सेवामुलक सामाजिक संघ सस्था मार्फत राष्ट्र र समाजको लागि पुर्याएको निरन्तर योगादन स्वरुप न्याैपानेको कार्यलाई उच्च मुल्यांकन गर्दै सम्मान गरिएको हो ।

फोकस नेपालको अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा सम्माननिय उपराष्ट्रपति नन्दबहादुर पुन,स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय भवानी प्रसाद खापुङ्, पुर्व सेनापति राजेन्द्र छेत्री,लगाएत विशिष्ट ब्यक्तिहरुको उपस्थित थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई बिशेष सम्मान सहित संस्कृति झल्कले पञ्चेबाजा सङ्गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »