सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाजसेवी बबिता शाही ठकुरीलेले अतिविपन्न परिवारलाई खाद्यान्न सहयोग


कोहलपुर,कोहलपुर नगरपालिका वडा नं १४ चित्रानगरमा आज राहत वितरण गरिएको छ । कोहलपुर नगरपालिका वडा नं १४ का समाजसेवी तथा स्थानियवासी बबिता शाही ठकुरीले व्यक्तिगत लगानीमा अतिविपन्न परिवारलाई राहत वितरण गरेका हुन् ।

विश्वभर कोरोना भाइरसको कहर चलिरहँदा नेपाल सरकारले पनि लकडाउन लागु गरि कोरोना भाइरसको रोकथाम तथा बाँच्ने उपाय र यसको प्रयास गरिरहेको छ ।

लकडाउनको कारण अति विपन्न परिवारलाई दैनिक खानपिनमा समस्या देखा परेपछि समाजसेवी शाहीले राहत वितरण गर्नुभएको छ । लकडाउन घोषणा भएको १९ औं दिनमा अति विपन्न परिवार तथा आफ्नो घर जान नपाएका परिवार झनै पिडामा परेका छन् ।


अति गरिव विपन्न परिवार तथा दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई समाजसेवी बविता शाही ठकुरीले राहत स्वरुप १० किलो चामल, १ लिटर तेल, एक किलो नुन, माक्स, सावुन र १ किलो दाल वितरण गरेका हुन् ।

चिप्रानगरका १८ परिवारलाई व्यक्तिगत लगानीमा राहत वितरण गरेको समाजसेवी बविताले जानकारी गराउनुभयो ।

विपदको बेला समस्यामा परेका व्यक्तिको सहयोग गर्न पाउदा आफु हर्षित भएको समेत उहाँले जानकारी गराउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »