सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाज जागरण साप्ताहिकको १३ औं वार्षिकोत्सवको अवसरमा बाँके जिल्लाका पहिलो पत्रकार प० योगेश्वर प्रसाद मिश्र ‘वैद्य’ जीलगायतको सम्मान


नेपालगन्ज, समाज जागरण साप्ताहिक पत्रिकाले आफ्नो १३ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।


समाज जागरण साप्ताहिकको १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका मेयर डा. धवल शम्शेर राणाले बोल्दै भन्नुभयो– ‘निर्माण विकास कार्य गर्दा केही हानी नोक्सानी पनि हुन्छ तर पछि त्यसबाट फाईदा पनि मिल्छ । फुल्टेक्रा वडा नं. ६ को गाउँभित्रको पक्की सडक निर्माण कार्य छिट्टै शुरु हुने’ जानकारी गराउँदै थप्नुभयो– ‘काम गर्दा केहीहरुले बाधा अडचन पनि हाल्ने गर्छन् ।

फुल्टेक्रा ताल अव्यवस्थित रुपमा थियो । यो ठाउँबाट लामखुट्टे धेरै नै पैदा हुने गरेका थिए, यो तालको विकासको लागि कार्य गर्ने सोंच रहेको समय कर्बला, मेरछुवा पुजन, वडा कार्यालय निर्माण, क्रिकेट स्टेडियम बनाउने सहमति सबैबीच भएको थियो ।

तर केहीहरु तालको इतिहास मेटियो भन्दै अदालतमा मुद्दा दर्ता गराएका छन् । यस्तो कार्यबाट निर्माण विकास कार्य बाधित भएको छ । यहाँ काम सम्पन्न भएको भए फुल्टेक्राको कायपल्ट नै हुन्थ्यो । यसकारण वडाबासीले मुद्दा चलाउनेहरुलाई सम्झाउन आग्रह गरे । उनीहरुले नमाने क्रिकेट मैदान अवश्य बन्ने बताउनुभयो ।’


नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. राणाले बाँके जिल्लाको साप्ताहिक पत्रिकालाई बचाउन आफ्नो कार्यालय तयार रहेको छ । साप्ताहिक पत्रिकालाई समानुपातिक ढंगले विज्ञापन उपलब्ध गराउन आफू तयार छु, केही दिनमा भेट गर्न आवश्वासन समेत दिनुभयो ।


त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष ठाकुरसिंह थारुले भन्नुभयो– ‘नेपाल पत्रकार महासंघले बाँके जिल्लाका पहिला पत्रकार प० योगेश्वरप्रसाद मिश्रको स्मृतिमा कुनै काम गर्न नसकेपनि समाज जागरण पत्रिकाले अहिले पत्रकारिता क्षेत्रमा काम गर्ने यस्ता मुर्धन्य व्यक्तित्वहरुको यहाँ सम्मान गरी उपलब्धीपूर्ण कार्य गरेको छ ।

यस कुराको प्रशंसा गर्दै’ उहाँले थप्नुभयो– ‘६ नं. वडाका वडाअध्यक्ष समिरप्रताप सिंहले जुन प्रकारले आफ्नो वडाबाट प्रकाशित पत्रिकालाई अगाडी बढाउन जसरी यस वार्षिकोत्सवमा सघाए, त्यस्तो नसिहत अन्य वडाका वडाअध्यक्षहरुले पनि लिनुपर्ने बताउनुभयो ।


त्यस्तै नेपाल पत्रकार महासंघ संघ बाँकेका पूर्वअध्यक्ष शुक्रऋषि चौलागाईले ‘साप्ताहिक पत्रिकाहरु अहिले साह्रै नै मर्कामा छन्, आर्थिक अभाव रहेपनि उनीहरु पत्रिका निरन्तर रुपमा प्रकाशित गरिरहेका छन् । यसमा कतिपय साप्ताहिक पत्रिका बन्द पनि भईसकेका छन् । यसकारण साप्ताहिक पत्रिकाको अस्तित्व बचाउन सबैतर्फबाट पहल हुनुपर्ने कुरामा जोड दिनुभयो ।
त्यसैगरी, अवधी पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष राकेशकुमार मिश्रले भन्नुभयो– ‘अवधी भाषाको विकासको लागि जुन प्रकारले समाज जागरण साप्ताहिक र सत्यमखबर डटकमले कार्य गरिरहेको छ । यो कार्य धेरै नै सहासीक छ, आजको समय छापा माध्यमको साथै विद्युतीय मिडियाको त्यति नै आवश्यकता छ, यस साप्ताहिकले यी दुबै कार्य राम्रै गरेको बताउनुभयो ।

समाज जागरण साप्ताहिका सम्पादक÷प्रकाशक चन्द्रेश्वरराज त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गुरमुरत यादवले गर्नुभएको थियो भने स्वागत मन्तब्य अवधी भाषी लेखक शिवप्रसाद पाठकले गर्नु भएको थियो ।


कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ठ अतिथि र अन्य गणमान्य व्यक्तिहरुलाई समाज जागरण साप्ताहिक अंकित खादा वितरण गरिनुको साथै उहाँहरुलाई अवधी भाषीहरुले लगाउने टोपी समेत वितरण गरिएको थियो । यो टोपी वितरण कार्य नेपालगन्ज पहिलो पटक भएको बुझिन्छ । यस कार्यको प्रमुख अतिथि मेयर डा. राणाले समेत प्रशंसा गर्दै आफ्नो मन्तब्य हिन्दी÷अवधी भाषामा राख्नु भएको थियो ।


उक्त कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ का वडाअध्यक्ष विरेन्द्र शाह, नेपाल पत्रकार महासंघ बाँके शाखा सहसचिव सकिल अहमद कादरी, नेपाल मुद्रण व्यवसायी संघका कोषाध्यक्ष मो. वहाब खानलगायतको उपस्थिति रहेको थियो ।

भने समाज जागरण साप्ताहिकले १३ औं वार्षिकोत्सवको अवसरमा बाँकेका पहिलो पत्रकार मातृभूमि साप्ताहिकका सम्पादक÷प्रकाशक स्व. प०. योगेश्वरप्रसाद मिश्र ‘वैद्य’ जी, आदर्श मञ्च साप्ताहिकका सम्पादक÷प्रकाशक स्व. राधेश्याम शर्मालाई मरणोपरान्त अभिनन्दन तथा सम्मान खादा र प्रमाणपत्रसहित गरिएको थियो भने शिक्षा क्षेत्रमा योगदान गरेवापत प्रधानाध्यापक सन्ध्या शर्मा तथा कोभिड–१९ को बेला ६ नं. वडामा समाजसेवाको उल्लेखनीय कार्य गरेवापत वडाअध्यक्ष समिरप्रताप सिंह र समाजसेवी सुधिर प्रताप सिंहलाई कदर सम्मान गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा समाज जागरण साप्ताहिक र सत्यमखबर डटकमले उपस्थिति सम्पूर्णलाई मायाको चिनो स्वरुप टिशर्ट वितरण गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »