सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समृद्ध तेमालको मुलआधार, भौतिक पूर्वाधार निर्माणमा: वडाध्यक्ष विकुलाल तामाङको भुमिका

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिका वडा नं. ६ ठुलो पर्सेलको वडाध्यक्ष विकुलाल तामाङको यो अन्तिम कार्यकाल हो । स्थानीय तहको निर्वाचनपछि वडाध्यक्ष विकुलाल तामाङ सामाजिक संजालमा छुट्टै पहिचान कमाउन सफल वडाध्यक्ष हुन् । वडाध्यक्ष विकुलाल तामाङले चर्चा कमाए अनुरुप काम गर्न सफल भएको छ या छैन ? जनताले मुल्याङ्कन गर्ने समय आएको छ ।

अन्तिम कार्यकालसम्म आइपुग्दा वडाध्यक्ष तामाङले गरेको कामहरुको बारेमा सारा खबरको प्रतिनिधिले स्थानीय जनताहरुसँग गरेको विशेष संवादको आधारमा निष्कर्ष निकालिएको छ । स्थानीय तहले पहिलो प्रथामिकतामा राखिएको भौतिक पुवार्धार निर्माणामा संरचनाले ठुलो पर्सेलमा प्राप्त परिणाम यस्तो छ ।

भौतिक संरचनाको निर्माण तथा स्तरोन्नतीमा यो वडा अग्रपंक्तिमा रहेको छ । तेमाल गाउँपालिकामा नै पहिलो सुविधा सम्पन्न वडा कार्यलय निर्माण गर्न वडाध्यक्ष विकुलाल तामाङ सफल हुनु भएको भने पञ्चकन्या माध्यमिक विद्यालयको भवन निर्माण, सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन र भूकम्प पुनः निर्माणको कार्यमा शत्प्रतिशत सफलता प्राप्त भएको छ ।

यस वडाको पहल र समन्वयमा नेपालसँगको साझेदारीमा शान्ति जन आदर्श सेवा केन्द्र, काभ्रे द्वारा सञ्चालित काभ्रे पुनर्लाभ तथा पुनर्उत्थान परियोजना मार्फत जग्गा नभएकाहरुका लागि समेत जग्गा व्यवस्थापन गरी यस वडाका विपन्न व्यक्तिहरु भिम बहादुर नेपाली, उमेश नेपाली र मिम माया तामाङको भूकम्प प्रतिरोधी घर निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको छ । साथै घर निर्माण गरि सकेका १० घर परिवार तर आर्थिक अभावका कारण झ्याल ढोका तथा छाना छाउन नसकेका अति विपन्न परिवारहरु, एकल महिला, जेष्ठ नागरिकहरुका लागि आवश्यक सामग्री समेत उपलब्ध गराई सहयोग गरिएको छ ।

विकास पूर्वाधारको मेरुदण्ड नै यातायात भएकोले यस वडाको प्रत्येक टोलमा सडक सञ्जालको विस्तार भएको छ ।

बनेपा, धुलिखेल, पाँचखाल, तामाघाट, बोहोरेदोभान, ठुलोपर्सेल जिल्लाको सदरमुकामसम्म आइपुग्ने मुख्य सडक मार्ग हो भने ठुलो पर्सेल समिन घुम्तिबाट तल्लो छाप, माथिल्लो छाप सिंगटी हुँदै पोखरी नारायणस्थान तेमाल गाउँपालिकाको कार्यलयसम्म जोड्ने सडक खण्ड रहेको छ । बन्देवी खोला, समिन बसपार्क सडक खण्ड, आहालडाँडा वडा कार्यलय लथानटोल, छाप, चिहानडाँडा जोड्ने सडक खण्ड, गोठडाँडा, मोक्तानटोल राम्पति सडक खण्ड, छापधारा भालेस्वाँरा ट्वाङगल सडक खण्ड,छापडाँडा चिहानडाँडा सडक खण्ड, कोल्तोङ स्वास्थ्यचौकी सडक खण्ड, पँधेरोटोल चिहानडाँडा लाछी टोल सडक खण्ड, भुमेस्थान, झगरबेसी सडक खण्ड, रातमाटे टाङटुङ मुकुन्दे भँगालो सडक खण्ड, भुमेस्थान, घ्याम्राङ, पुर्खाङडाँडा सडक खण्ड , ठुलो पर्सेल बसपार्क, मस्ते बेसी, दोवान्टार सडक खण्ड, आहाल डाँडा देविस्थान सडक खण्ड, ठुलो पर्सेल बसपार्क, आहालडाँडा, पकुवाल, सहि पधेराटोल सडक खण्ड, आहालडाँडा, सल्यानी धुल्खु सडक खण्ड, पकुवाल बुद्घपार्क, चापाखोरी सडक खण्ड, भुमेस्थान, लाजीटोल सडक खण्ड, ढलटाबेसी, कोल्पुघाट सडक खण्ड, पञ्चकन्या मन्दिर रातमाटा सडक खण्ड, पुर्खाङ डाडा, चिहानडाँडा सडक खण्ड, पकुवाल चिहानडाँडा सडक खण्ड, पकुवाल जर्गाटोल सडक खण्ड, गरी ठुलो पर्सेलमा हाल २४ ओटा कच्ची सडकहरु संचालनमा रहेका छन् ।

यसैगरी सामुदायिक भवनहरु, मठ मन्दिरहरु, चौरी देउराली जोड्ने झोलुङ्गे पुल, तिमाल सामुदायिक ग्रामिण विद्युतीकरण सहकारी संस्था लि. को भवन आदि वडाको भौतिक पूर्वाधारहरु हुन् ।

अन्य वडाको आधारमा भौतिक पुर्वधार निर्माण विकासमा ठुलो पर्सेल अग्रपंक्तिमा नै देखिन्छन् । थप सुधारका लागि पाँचौ कार्यकालमा विशेष योजनाका साथ वडाध्यक्ष विकुलाल तामाङ लागि रहेकाे उहाँले बताउनु भयाे ।

भर्खरै

सम्बन्धित खबर

Language »