सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सम्झनामा याेगिता माेक्तान, २८ गते शनिबार स्मृति दिवस मनाउँदै

काठमाडाैँ । ताम्सलिङ टिभी र तामाङ कलाकार संघको संयुक्त प्रयासमा सेलो तथा तामाङ गीत संगीत क्षेत्रमा चर्चा कमाउन सफल सुमधुर स्वरका धनी गायिका स्व. योगिता मोक्तानको सम्झनामा विशेष कार्यक्रम गर्ने भएको छ । । फाल्गुन २८ गते शनिबारका दिन यङरिमा हल सिटी बौद्ध जोरपाटीमा स्व. योगिता मोक्तानको स्मृति दिवस मनाउन लागेको ताम्सलिङ टि. भी. का संचालक प्रदिप थिङले सारा खबरलाई जानकारी दिएको छ ।

आपा वीर बहादुर मोक्तान र आमा निरु कुमारी गुरुङको कोखबाट २०४० मङ्सिर ४ गते जन्मनु भएका योगिता मोक्तानले ललितपुर उपमहानगरपालिका–४ बाग्डोलको आफ्नै निवासमा २०६७ फागुन ५ गते बिहीबार राति मृत्युृ भएको थियो । पाँच वर्ष लामो लभ अफेयरलाई बिहेमा टुंग्याएको चार महिना नबित्दै उनले यस्तो कठोर निर्णय लिएकी थिईन।घरको कोठाको पंखाको हुकमा मखलरको पासो लगाई झुण्डी मृत्यु भएको अवस्थामा फागुन ६ गते बिहान ९ बजे उनको लाश फेला परेको थियो।

मोक्तानको “हेर न हेर च्याङबाले,डम्फु बजाउ ताम्बा दाई, मेरो माया समुन्द्र पारी नि लैलै,हे परदेशिएका दाजुभाई, चौतारीमा ढुङ्गे चिठ्ठी,कहिले त पूर्वको च्याङबाले, कोन्ज्यो ऐसे कोवा किन्सि, तिल्दगा मुग्याम तिन्हाङगर, होई पाल्मो होई डोल्मो” लगायतका थुप्रै गीतहरु हिट छन।माओबादीको आरोपमा रसुवामा प्रहरी हिरासत भित्र अप्पा बीर बहादुर मोक्तानको हत्या भएपछि नै अौपचारिक रूपमा उनको जीवन माओबादी बिद्रोहसँग जोडिएको थियो। करिब चार वर्ष भूमिगत जीवन बिताएकी योगिता माओवादी निकट जनवादी गायिका समेत हुनुहुन्थ्यो। उनका गुरु जनवादी गायक माईला लामा हुन्।

आफ्नो पुर्खाली घर मकवानपुर हेटौंडा रहेका मोक्तानको आपा आमा सरकारी टिचर भएकोले २०३५ सालमा सरुवा भएर रसुवा पुग्नुभएको थियो र योगिताको जन्म पनि रसुवाको स्याफ्रुबेशीमा नै भएको थियो। श्री स्यामे वाङफेल मा. मा एस.एल.सि. सम्मको पढाइ सक्काएको योगिताले काठमाडौंको ललितकला क्याम्पसबाट संगीतमा स्नातक तह सम्मको पढाईँ सकाएको थियो।

मिजासिलो स्वभाव भएका कारण नै योगिता मोक्तान छोटो समयमा नै सबैको मन जित्न सफल हुनुभएको सेलो तथा तामाङ स्वर सम्राट चन्द्र कुमार दोङ बताउँनुहुन्छ। नयाँ पुस्ताले योगिताबाट सिक्न सकिने कुरा थुप्रै भएपनि साधनाले खारिएर मात्र गीत संगीत क्षेत्रमा आउँनुपर्छ भन्ने कुरा विशेष रुपले सिक्न जरुरी रहेको उहाँले बताउँनुभयो। वर्षेनि उहाँको सम्झना गर्न नसकेकोमा क्षमा माग्दै ताम्सलिङ टिभीको पहलकदमीलाई धन्यवाद समेत दिनुभएको छ।

दौतरी शशिकला मोक्तानले अहिले स्टुडियो तिर जाँदा समेत योगिताको झल्झली याद आउँने गरेको बताउँनुभयो। गायक तथा संगीतकार विश्व दोङले आफूहरुले सँगै गीत गाउँदा उस्तै स्वर सुनिन पुगेका कारण कस्ले गीत गायो, कस्ले गाएन भनेर छुट्याउँन नसकेर सोध्ने गरेको प्रसंग समेत उहाँले उप्काउँनु भयो।

भर्खरै

सम्बन्धित खबर

Language »