सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सम्झाैता कार्यन्वयन गर्न माधव पक्ष र ओली पक्षकाे वार्ता सिंहदरबारमा

काठमाडौँ । कार्यदल बनाएर पार्टीको आन्तरिक विवाद टुंग्याउन सहमत भएका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो दिन पनि भेटवार्ता भइरहेको छ । कार्यदल सदस्यसहित ओली र नेपालबीच शुक्रबार साँझदेखि सिंहदरबारमा छलफल जारी छ ।

वार्तामा नेपालपक्षबाट नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् । अध्यक्ष ओलीका तर्फबाट विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल छलफलमा सहभागी छन् । वार्तामा १० सदस्यीय कार्यदललाई पूर्णता दिने र त्यसको जिम्मेवारी तोक्ने तयारी छ ।

बिहीबार ओली र नेपालबीच भएको सहमति कार्यान्वयनको विधिबारे छलफल हुने नेताहरुले बताएका छन् । ओलीसँगको वार्ताअघि नेता नेपालले आफू निकट केन्द्रीय सदस्यहरुलाई भर्चुअल बैठकमा पछिल्लो सहमतिबारे जानकारी गराएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »