सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सम्वादको प्रभाव एक हप्ताभीत्र आइशोलेशन सञ्चालनको तयारी

नेपालगञ्ज, अष्पतालमै थप ७५ बेडसहितको आइशोलेशन सञ्चालन गर्ने तयारी गरिएको छ ।

बढ्दो कोरोना (कोभीड १९) संक्रमीतको सहज र प्रभावकारी उपचारका लागि सम्वाद समूह बाँकले गत ११ गते सोकारवालासँग अन्तर सम्वाद गरेपछि भेन्टीलेटरसहितको सुविधायुक्त आइशोलेशन व्यवस्थापन तथा सञ्चालनको प्रक्रिया अघि बढाइएको हो ।

भेरी अष्पतालमा अक्सीजन सुविधासहित ७२ बेडको कोरोना विशेष अष्पताल सञ्चालनमा ल्याइएपनि लक्षणसहितका गम्भिर विरामीहरुको संख्या बढदै गएपछि समूहले थप आइशोलेशनको आवश्यक्ताका सन्दर्भमा सम्वाद सजीकरणमार्फत सहकार्यको प्रतिवद्धता सिर्जना गरेको हो ।

स्थानीय तह, स्वास्थ्य सम्वद्ध प्रमुखसहितको जिल्ला कोभीड १९ संकट व्यवस्थापन केन्द्रको बीहीबार बसेको बैठकले भेरी अष्पतालमा ७५ बेडको आइशोलेशन सञ्चालन गर्ने निर्णय गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभीड १९ संकट व्यवस्थापन केन्द्रका प्रमुख राम बहादुर कुरुम्वाङको अध्यक्षतामा बसेको बैठकले एक हप्ता भित्र आवश्यक संरचना तयार गर्ने निर्णय गरेको छ ।

बैठकमा सहभागी खजुरा गाउँपालिकाका प्रमुख किश्मत कुमार कक्षपतीका अनुसार उपभोक्ता समितिमार्फत एक करोडको बेड, भेन्टीलेटरसहितको आवश्यक संरचना तयार गरिने छ ।

आइशोलेशन निर्माणका लागि जिल्ला समन्वय समितिको शिक्षा तथा आकश्मिक कोष र ८ वटै स्थानीय तहबाट एक करोड सहयोग गरिने प्रतिवद्धता पनि व्यक्त गरिएको छ । आइसोलशनका सञ्चालनका लागि स्टोर गरिएका सर सामान व्यवस्थापन गर्नेदेखि प्राविधीकीय तयारी पनि शुरु गरिसकिएको भेरी अष्पतालका कोभीड १९ कमाण्डर डा श्याम सुन्दर यादवले जानकारी दिनु भयो ।

बाँकेमा दैनिक ३० जनामा(औसतमा) कोरोना पोजीटीभ देखीइरहेको स्थितीमा थप संक्रमीतलाई राख्न सक्ने अवस्था नभएको भन्दै सम्वद्ध विज्ञले यस अघि नै भेरी अष्पतालमै आइशोलेशन सञ्चालन गरिनुपर्ने सुझाएका थिए । कोरोना संक्रमणकै कारण अहिले सम्म बाँकेमा २६ जनाको ज्यान गइसकेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »