सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सम्वादपछि मलखाद उपलव्ध गराइदै


नेपालगञ्ज ,कृषि सम्वद्ध सरोकारवालासँगको आवश्यक सम्वाद सहजीकरणपछि बाँकेमा मलखाद उपलव्ध गराईदैछ ।

खेतीको मौसम शुरु हुनै लाग्दा पनि मलखादको सहज उपलव्धता नभएपछि सम्वाद समूह बाँकेले एक हप्ता अघि सरोकार पक्षसँग सम्वाद गरेको थियो ।

बढ्दो कोरोना९कोभिड१९० संक्रमण, लगातारको लकडाउनका कारण उत्पन्न कृषि समस्या र उत्पादनमा पर्न सक्ने प्रभावलाई मध्यनजर गर्दै समूहले बाँकेस्थित कृषिसँग सम्वद्ध निकाय र जिम्मेवार अधिकारीबीच आवश्यक सम्वाद गरि उचित पहलकदमीको प्रक्रिया शुरु गरेको हो ।

युरिया मलका लागि बर्षेनि सास्ती व्यहोर्न बाध्य बाँकेका किसानहरुलाई यस वर्ष पनि थप कष्ट व्यहोर्न नपरोस् भन्ने उद्येश्यले सम्वाद गरिएको हो । आगामी सातादेखि धानबाली रोपाइँ सुरु हुँदै छ । धानबाली सपार्न मुख्य गरी रासायनिक मलको आवश्यक्ता पर्दछ ।

मलखादको मौज्दात सकिएकाले तत्काल व्यवस्थापन गर्न नसकिए धान लगायतको उत्पादन घटने सम्वद्ध अधिकारीले जीकीर गरेपछि मलखाद तत्काल व्यवस्था गर्न पहल गर्ने कार्यक्रममा प्रतिवद्धता व्यक्त गरिएको थियो ।

सम्वाद सहजीकरणपछि सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लि नेपालगञ्जले शुक्रबारदेखि मलखाद विक्रीवितरण प्रक्रिया शुरु गरेको छ । चौतर्फी दवाव र आवश्यक सहजीकरणपछि ठेकेदारमार्फत भैरहवाबाट मलखाद ल्याइएको हो ।


कृषि सामग्री कम्पनी लि नेपालगञ्जका प्रमुख रमेश पौडेलले ७३ मेट्रीक टन यूरिया र ९७ मेट्रीक टन डिएपी कम्पनीको प्रदेश कार्यालय भैरहवाबाट प्राप्त भएकोले वितरण प्रक्रिया शरु गरिएको जनाउनु भयो ।

वर्षाका लागि अझैं २४ सय मेट्रीक टन यूरिया, सात सय मेट्रीक टन डिएपी आवश्यक रहेको उहाँले बताउनु भयो । लकडाउनकाकारण कलकतामा अलपत्र परेको १२ हजार पाच सय मेट्रीक टन डीएपी भित्रयाउने प्रक्रिया शरु भइसकेकाले अबको एक हप्ताभित्र नेपालगञ्ज पुगीसक्ने दाबी गर्नु भयो । यूरिया भने भारतको गुजरातमै रहेकाले अझैं समय लाग्ने बताइएको छ ।

शाखा प्रवन्धक पौडेलका अनुसार–बाँकेमा वार्षिक छ हजार मेट्रीक टन यूरिया र तीन हजार डिएपी आवश्यक रहने गर्दछ ।
शुक्रबारदेखिनै मलखाद दामासाहीका आधारमा सहकारीलाई वितरण गरिने शाखा प्रवन्धक पौडेलले जानकारी दिनु भयो ।

सम्वादको सहजीकरणपछि मलखाद आपुर्ती भएको भन्दै जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले मलखाद विक्री वितरण सहज बनाउने प्रक्रियामा आवश्यक सहजीकरण गरिने बताउनु दिनुुभयो ।
बाँकेमा कृषि सामाग्री कम्पनी लि सँग आवद्ध एक सय २० वटा सहकारीमार्फत मलखाद विक्री हुँदै आएको छ भने साल्ट साल्ट टे«डिङ कर्पोरेशनले ६६ वटा सहकारीमार्फत मलखाद वितरण गर्दै आएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवाङले मलखाद अभाव हुन नदिन आवश्यक थप पहल गरिने विश्वास दिलाउनु भयो ।

(कोभिड १९) को संक्रमणका कारण जलमार्ग र सडकमार्ग अवरुद्धका साथै बन्दरगाहमा लोड÷अनलोड गर्ने र प्याकिङ गर्ने कामदार नपाइएका कारण आउनुपर्ने युरिया निर्धारित समयमा आउन नसकेको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाउँदै आएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »