सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सम्वाद समूह बाँकेको पहल किट सहितको स्वास्थ्य सामाग्री आइपुग्यो


नेपालगञ्ज, नेपालगञ्जमा कोरोना(कोभिड–१९) संक्रमीत संख्या बढदै गएपछि रोकथाम र नियन्त्रणका लागि आवश्यक कीट लगायतको स्वास्थ्य सामाग्री नेपालगञ्ज पुुुगेको छ ।

बाँकेका सांसदहरुको निरन्तरको प्रयास र चौतर्फी मागपछि आज स्वास्थ्य मन्त्रालयले पश्चिम नेपालकै लागि कोरोना परिक्षणको किटसहितको स्वास्थ्य सामाग्री आर्मी स्काई ट्रकमार्फत पठाएको हो । संघीय एवं प्रदेश सांसदसँगकोे भिडीयो सम्वाद सहजीरकणपछि उहाँहरुले कोरोना परिक्षणको दायरा बढाउनुपर्ने लगायत आवश्यक पहलका लागि क्रियाशिलता देखाउनु भएको हो ।

सम्वाद समूह बाँकेले उहाँहरुसँगको निरन्तर भिडीयो कलमार्फत सो सवाल सम्वोधनको लागि पहल गरेको थियो । विभिन्न राजनीतिक दलको समेत प्रतिनीधीत्व गर्ने काठमाडौंमा उपलव्ध सांसदहरुले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभाग लगायतका निकायमा पुगेर मागसहितको ध्यानाकर्षण गराउँदै आउनु भएको थियो ।
स्वास्थ्य मन्त्रालयले आज नेपालगञ्ज, बुटवल, जुम्ला, धनगढीका लागि पीसीआर किटसहितको सामाग्री पठाएको हो ।

टेष्ट किट लगायतको अभाव भइरहेको बेला आर्मी स्काई ट्रकले शुक्रबार साँझपख मात्र सो सामाग्री राँझा एअरपोर्टमा झारेको थियो । बुटवलदेखि पश्चिमका विभिन्न जिल्लाका लागि टेष्ट किट, भिटिएम सहितको आवश्यक सामाग्री आएको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी नकुल थापाले जानकारी दिनु भयो ।

कोरोना परिक्षण हुँदै आएको भेरी अष्पतालका लागि दुुुई हजार थान टेष्ट किट प्राप्त भएको भेरी अष्पतालका मेडिकल सुुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिनुभयो ।
यस्तै जिल्ला स्वास्थ्य कार्यालय बाँकेका ल्याव टेक्नीसीयन केशव ज्ञवालीले स्वाब संकलनका लागि आवश्यक हुुुने एक हजार भिटिएम, ४० वटा पीपीई लगायत सामाग्री उपलव्ध भएको बताउनु भयो ।

कोरोना सम्वद्ध विज्ञ चिकीत्सकहरु पनि आएको बताइएको छ । अब नेपालगञ्जमा कोरोना परिक्षणको दायरा बढने विश्वास गरिएको छ । यस अघि नेपालगञ्जका लागि २५० थान किट मात्र प्राप्त भएको थियो । हाम्रो निरन्तरको पहल र माग सम्वोधन भएको संघीय सांसद महेश्वर गहतराज(अथक)ले जानकारी दिनु भयो ।

उहाँका अनुसार , अब नेपालगञ्जमा किट र स्वास्थ्य सामाग्रीको अभाव हुने छैन । अथकसँगै राजधानीमा रहेका बाँकेका सांसदहरु मो इस्तियाक राई, नन्दलाल रोकाया, सुरेन्द्र हमाल, पुर्णा कुमारी सुवेदी र सर्वतआरा खानमले पनि सम्वद्ध पक्षसँग नियमित समन्वय गर्दै आउनु भएको छ ।

नेपालगञ्जमा अहिले सम्म २४ जनामा कोरोना पोजेटीभ देखीएको छ भने सम्भावित जोखीम क्षेत्रमा स्वाव संकलन जारी राखीएको छ ।

सम्वाद समूह बाँकेले सरकारी निकाय, स्थानीय सरकार प्रमुख, राजनीतिक दल लगायत सरोकार पक्षसँग नियमित आवश्यक सम्वाद गर्दै आएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »