सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सम्वाद समूह, बाँकेको पहल लैगींक हिंसा नियन्त्रण जिल्ला समन्वय समिति गठन

नेपालगञ्ज,कोरोना(कोभिड १९) संक्रमणको विषम परिस्थितीमा हुन सक्ने लैगींक हिंसा नियन्त्रणका लागि बाँकेमा लैगींक हिंसा नियन्त्रण जिल्ला समन्वय समिति निर्माण गरिएको छ ।

सम्वाद समूह, बाँकेको सहजीकरणमा सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुवाङको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरिएको हो ।

लैगींक हिंसा नियन्त्रणमा मौज्दात संयन्त्रले प्रभावकारी काम गर्न नसकीरहेका बेला स्थानीय सरकार, प्रहरी, प्रशासन र न्यायीक निकाय लगायत सरोकार पक्षबीच प्रभावकारी समन्वय र सहकार्यका लागि समिति गठन गरिएको हो । गत जेठ १६ गरिएको भर्चुअल (जुम ) सम्वादमा लैंगीक ंिहंसा विरुद्ध सशक्त संयन्त्र निर्माणको आवश्यक्तावोध गरिएपछि सम्वाद समूहले आवश्यक पहलकदमी लिएको हो ।
स्थानीय सरकार उपप्रमुख, स्थानीय प्रहरी प्रशासन प्रमुख, लैगींक हिंसा विरुद्ध क्रियाशिल संघ संस्थाका प्रमुख एवं प्रतिनीधी र अधिकारकर्मीबीचको छलफल तथा सम्वादपछि गठीत समितीले स्वयं कार्यविधि निर्माण गरि लैगींक हिंसा विरुद्ध समन्वयात्क तथा सहकार्यात्मक बातावरण बनाउने छ ।

नेपालगञ्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाह सदस्य सचिव रहनु भएको समितिमा नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगर, कोहलपुर नगरपालिका उपप्रमख सञ्जुु कमारी चौधरी, राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनी कमारी खत्री, खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विक, वैजनाथ गाउाापालिका उपाध्यक्ष शारदा रेग्मी विक, डुडवा गाउँपालिका उपाध्यक्ष शायदा वानो, जानकी गाउँपालिका उपाध्यक्ष भुमीसरा धिताल, नरैनापुुर गाउँपालिका उपाध्यक्ष जानकी श्रीवास्तव, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमख विर बहादर ओली, जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता यम बहादर वानीया सदस्य रहनु भएको छ ।

यस्तै अन्य सदयहरुमा जिल्ला बार सचिव पुनम श्रेष्ठ, साथी संस्थाका प्रतिनिध पवित्रा बोहरा, सीवीन नेपालगञ्ज प्रमख सिद्धराज पनेरु, माइती नेपाल नेपालगञ्ज प्रमुख केशव कोइराला र मनोविमर्शकर्ता लक्ष्मी तिवारी रहनु भएको छ । कार्यक्रममा सहभागी हिंसा विरुद्ध क्रियाशिल संस्थाहरुलाई आमन्त्रीत सदस्यका रुपमा राखीएको छ ।


सम्वाद समूह, बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईद्धारा सहजीकरण गरिएको कार्यक्रममा सम्वाद सदस्य एवं नेपालगञ्ज उपमहानगरपालिका उपप्रमख थापामगरले लैगींक हिंसाको अवस्था, स्वरुप, संयन्त्रको आवश्यक्ता र आगामी तयारी बारे प्रकाश पार्न भएको थियो ।

प्रमुख जिल्ला अधिकारी कुरुवाङले हिंसाका घटनाको तत्काल सम्वोधनका पहल गरिने विश्वास दिलाउनु भयो । जिल्ला न्यायधिवक्ता वानीयाले छिटो छरितो र प्रभावकारी संयन्त्रको आवश्यक्तामा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख ओली, कोहलपुर नगरपालिका उपप्रमुख चौधरी, महिला तथा बालबालिका शाखा प्रमुख शाह, महिला र कानुन विकास मञ्चका अध्यक्ष सुनिल श्रेष्ठ, अधिकारकर्मीहरु प्रहलाद बहादर कार्र्की, कमला पन्त, केशव कोइराला लगायतले आआफनो सुझावसहितको धारणा राख्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »