सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सम्वाद समूह बैठकमा समसामयिक विषयमा छलफल


नेपालगञ्ज, जनसरोकारका समसामयिक सवालमा सम्वाद सहजीकरण गर्दै आएको सम्वाद समूह बाँकेले कोरोना(कोभिड–१९)को संक्रमण रोकथाम र न्यूनीकरणका लागि पनि विशेष पहल गर्दै आएको छ ।

कोरोना संक्रमणको विषम परिस्थितीमा सम्वद्ध सरोकारवालासँग नियमित सम्पर्क, समन्वय, सम्वाद र सहकार्यमा रहदै आएको समूहले आन्तरिक छलफललाई पनि निरन्तरता दिएको छ । नेपालगञ्जमा कोरोना संक्रमण देखीएपछि सम्वाद समूह बाँकेले सरोकार निकायसँग समसामयिक सवालमा सम्वाद तथा आवश्यक सहजीकरण गर्दैै आएको छ ।

सरोकार निकायबीच प्रभावकारी समन्वय र सम्वाद नभइरहेको स्थितीमा समूहले निरन्तर अनलाईन वैठकमार्फत सम्वादको बातावरण बनाउदै आएको छ । सम्वाद समूहको आईतबारको आन्तरिक अनलाईन वैठकमा सम्वाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाइले कोरोना नियन्त्रणमा सम्वादले गरिरहेको पहल र थप सहजीकरण बारे प्रकाश पार्नु भएको थियो ।

भिडीयो सम्वादमा कोरोना नियन्त्रणका लागि गरिएका हालसम्मका पहल, सरोकारवालासँगको समन्वय र सहकार्य, कोरोना परिक्षण र थप आवश्यक पहल, सीमामा रहेकाहरुको सहज व्यवस्थापन, तरकारी लगायतको सहज परिपुर्ती, महिला र बालबालिकाको सुरक्षा लगायतका विषयमा छलफल गरिएको थियो ।

सम्वादमा सहभागी प्रदेश सांसद एवं सम्वाद समूह सदस्य कृष्णा केसी९नमूना०ले सहज भेटघाट र समन्वय हुन नसकीरहेको विषम परिस्थितीमा सम्वाद समूहले गरेको समन्वयात्मक सहजीकरणले सरोकार पक्षलाई साझा धारणा बनाउने र थप जिम्मेवारी निर्वाह गर्ने बातावरण सिर्जना गरिदिएको विश्वास व्यक्त गर्नु भयो ।
प्राथमिकताका आधारमा सरोकार पक्षसँग चरणवद्ध सम्वाद गर्दै सम्वाद समूहको अग्रसरतापछि सम्वद्ध सरोकारवालाले प्रभावकारी भूमिका निर्वाह गर्ने गरेको पाइएको छ भने कोरोना नियन्त्रण, राहत वितरणमा पनि सकरात्मक प्रभाव देखीएको छ ।

बाँकेस्थित राजनीतिक दल, सांसद, स्थानीय प्रहरी÷प्रशासन, स्थानीय सरकार, उद्योगी व्यसायी र धार्मीकगुरुहरुसँग छलफल गरिसकेको सम्वादले निरन्तर सहजीकरणको अभियानलाई बढाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »