सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सरकारले असार १ गतेदेखि विद्यार्थीलाई रेडियो, टेलिभिजन र अनलाइन बाट पढाउन सुरु गर्ने

काठमाडौं । लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि सरकारले असार १ गतेदेखि रेडियो र टिभीबाट पढाउन सुरु गर्ने भएको छ लकडाउन अवधिभर अब घरमै बसेर विद्यार्थीहरूले दूरशिक्षा लिन पाउने छन् । सरकारले उनीहरुलाई घरमै बसेर श्रव्य–दृश्य सञ्चार माध्यमबाट पढ्न पाउने वातावरण मिलाएको हो ।

गत चैतदेखि नै लकडाउनका कारण स्कुल, कलेजहरु बन्द छन् । उनीहरुलाइ शिक्षाबाट वञ्चित नगर्न शिक्षा मन्त्रालयले असार १ गतेदेखि रेडियो, टीभी र इन्टरनेटको पहुँच तथा उपलब्धताका आधारमा पढ्ने व्यवस्था मिलाएको हो ।

विद्यालयहरु तत्कालै खुल्ने अवस्था नरहेकाले वैकल्पिक विधिबाट पढाउन क्रियाकलापमा आधारित सिकाइ सहयोगी सामग्री पनि बनाइएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. थपलियाले बताए ।

सरकारी विद्यालयहरुका लागि शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले तालिका बनाएर सार्वजनिक गरेको छ । कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि समय तालिका तय गरिएको छ । असार पहिलाे र दाेस्राे हप्ता (१ गतेदेखि १२ गतेसम्म) का लागि नेपाल टेलिभिजनको एनटीभी प्लस र विषयगत पाठ पढाइ हुनेछ ।

यस्तै कक्षा ९ र १० को विषयगत पाठ भने डिस होम, नेट टीभी, म्याक्स टीभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने शिक्षा केन्द्रले जनाएको छ ।

सरकारले वैकिल्पक विधिबाट असार १ देखि कक्षा सञ्चालन गर्ने घोषणा गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार आइतबारदेखि विद्यालयका प्रशासन पनि खुल्नेछन् र शिक्षकहरू विद्यालय जानेछन् । शिक्षा मन्त्रालयले वैकिल्पक सिकाइमा शिक्षकहरूलाई सहजीकरण गर्न निर्देशन दिएको छ । प्रिन्ट सामग्री, रेडियो, टेलिभिजन, अनलाइन र अफलाइनका माध्यमबाट पठनपाठन गराउने जिम्मा स्थानीय तह, शिक्षक र अभिभावकको काँधमा आएको छ । करिब ३ सय स्थानीय तहले एफएम रेडियोबाट कक्षा सञ्चालन र विद्यार्थीको अभिलेख संकलन गर्न थालिसकेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »