काठमाडौं / ०१ साउन।
सरकारले देशभरबाट १०० वटा नमुना विद्यालय छनोट गरेको छ।
शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गत रहेको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले बुधबार ती १०० विद्यालयलाई नमुना विकासका लागि छनोट गरेको हो।
विगतमा नमुना विकासका लागि विद्यालयहरु छनोट नभएका स्थानीय तह अन्तर्गत १०० वटा विद्यालय छनोट गरिएको सो केन्द्रले जनाएको छ।
शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयको बुधबार बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो।
‘विद्यालय क्षेत्र विकास योजना अनुसार सबै स्थानीय तहमा क्रमशः नमुना विद्यालय विकास गर्ने लक्ष्य रहेको’ केन्द्रले जनाएको छ।