सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सरकारले बैंकमार्फत घोषणा गरेको बिभिन्न छुट सुविधा कडाईका साथ कार्यान्वयन गराउन नेपालगन्ज उद्योग वाणिज्य संघले नेपाल राष्ट्र बैंकसंग माग गरे


नेपालगन्ज,सरकारले बैंकमार्फत घोषणा गरेको बिभिन्न छुट सुविधा कडाईका साथ कार्यान्वयन गराउन नेपालगन्ज उद्योग वाणिज्य संघले नेपाल राष्ट्र बैंकसंग माग गरेको छ ।

नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयका निर्देशक मुक्तिप्रसाद सापकोटासंग आईतवार भएको भेटघाटमा संघले बैंक मार्फत सरकारले दिएको ब्याज लगायतका छुटको प्रभावकारी कार्यान्वयनका लागि ध्यानार्कषण गराएको हो ।
संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले केही बैंक तथा वित्तीय संस्थाले ब्याज छुट कार्यान्वयन नगरेको गुनासो गरे । ‘कार्यान्वयनमा आलटाल भइरहेको छ । नियमन गर्ने निकाय भएकाले राष्ट्र बैंकले हेरिदिओस् भन्ने चाहेका छौं ।’– मन्सुरीले भने ।
तीन महिना लामो लकडाउनका कारण व्यापार, व्यवसाय अवरुद्ध भएपछि बैंकको ब्याजमा केही मात्र छुट दिने घोषणा गरेको छ ।

लकडाउनको अवधिमा सावा, ब्याज बुझाउन समस्या रहेको भन्दै व्यवसायीले समय थप गर्न माग गरेका छन् । तर घोषणा भएकै सहुलित दिन समेत केही वित्तीय संस्थाले अनाकानी गरेको व्यवसायीको गुनासो छ ।
यस सम्बन्धी राष्ट्र बैंकको ध्यानार्कषण गराउँदै थप सहुलियतका लागि अनुरोध गरिएको संघका महासचिव चिरञ्जीवी ओलीले बताए ।

ओलीका अनुसार, राष्ट्र बैंकका निर्देशक सापकोटाले नियमनको कार्य प्रभावकारी बनाउने विषयमा निश्चित हुन आग्रह गरे । सापकोटाले अनुगमनलाई प्रभावकारी बनाइएको बताउँदै कुनै गुनासा भए तत्काल सम्बोधन हुने स्पष्ट पारेका छन् ।
छलफलमा सहभागि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले लकडाउनका कारण उद्योगी, व्यवसायी ऋण तिर्न सक्ने अवस्थामा नरहेको बताए ।

छलफलमा संघका उपाध्यक्ष अमित बस्नेत, उपमहासचिव धर्मराज अर्याल, कोषाध्यक्ष हरिलाल न्यौपाने, प्रवक्ता टंक धामी, लगायतको सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »