सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सरकारले मन्त्रिपरिषद्को कार्यालय र स्वास्थ्य मन्त्रालयका सचिवको सरूवा सट्टापट्टा गर्यो

काठमाडाैँ । राजश्व प्रशासनका क्याडर लक्ष्मण अर्याल स्वास्थ्य मन्त्रालयको सचिव बनेका छन्। प्रधानमन्त्री कार्यालयबाट सरूवा गरेर अर्याललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको हो।

यादव कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेर उनकाे सट्टामा लक्ष्मण अर्याललाई स्वास्थ्य मन्त्रालयका सचिवकाे रूपमा पठाइएको छ ।नयाँ स्वास्थ्य सचिवकाे रूपमा सरूवा गरिएका अर्याल भने यसअघि मन्त्रिपरिषद कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास सचिवको रुपमा कार्यरत थिए ।

नक्कली भ्याट बिल छानबिन गरेका अर्यालले एनसेलसँग पुँजीगत लाभकर उठाउन राजश्व विभाग प्रमुखका रूपमा भूमिका खेलेका थिए। त्यस्तै काठमाडौं महानगरपालिकाको सुधारमा समेत अर्यालले भूमिका खेलेका थिए।

‘सचिव अर्यालको कार्यक्षमता र स्वास्थ्यमन्त्री भानुभक्त ढकालकै छनौटका आधारमा उनलाई स्वास्थ्यमा लगिएको हो,’ प्रधानमन्त्री केपी ओलीको सचिवालयका एक सदस्यले भने।

सहसचिवबाट सचिवमा बढुवा भएपछि अर्याल गण्डकी प्रदेशको प्रमुख सचिव भएर पोखरा गएका थिए। त्यसपछि उनी योजना आयोगमा सरूवा भए। पछिल्लो पटक उनी प्रधानमन्त्री कार्यालयमा सचिव थिए। प्रधानमन्त्री कार्यालय आएपछि कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर निर्माण गर्दा उनले संयोजनको काम गरेका थिए।

अर्थ मन्त्रालयमा राजश्व महाशाखा प्रमुख रहेर काम गरेका उनी अर्थ सचिवको प्रतिस्पर्धामा पनि थिए। अर्याललाई अर्थ मन्त्रालयमा पूर्वअर्थ सचिव रामेश्वर खनालले ‘ग्रुम’ गरेका क्याडरका रूपमा चिनिन्छ। पूर्वअर्थ सचिव खनालले अर्याल कोरोना महामारी सुरूभएलगत्तै नै स्वास्थ्य मन्त्रालय पठाउनु पर्ने मानिस भएको बताए।

भर्खरै

सम्बन्धित खबर

Language »