सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गर्ने मन्त्रिपरिषदकाे निर्णय

काठमाडौं । सरकारले संसदमा संविधान संशोधन प्रस्ताव लैजाने भएकाे छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले १३ गते संसद बस्नु अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सरकारद्वारा हालै मात्र जारी गरिएकाे नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानमै संशाेधन गर्नुपर्ने भएकाले साे प्रस्ताव दर्ता गर्ने निर्णय गरेकाे हाे ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची-३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्न लागिएको हो ।

सरकारले सोमबार मात्र नयाँ नक्सा पारित गरेको थियो भने बुधबार सार्वजनिक गरिसकेको छ । विदेशका नेपाली भित्र्याउनेबारे निर्णय भएन,सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउनेबारे ठोस निर्णइ लिने भनिए पनि शुक्रबारको क्याबिनेटमा यसबारे छलफल नभएको स्रोतले बताएको छ ।

सोमबारकाे मन्त्रिपरिषद बैठकले नेपालकाे नयाँ नक्सा पारित गरेको थियो, जसलाइ बिहीबार सार्वजनिक गरिको छ । संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाइ बहुमत चाहिन्छ ।

यसअघि नै उच्चस्तरीय समितिले भारतीय सीमाका २० वटा प्वाइन्टबाट नेपालीलाई प्रवेश गर्न दिने, उनीहरू सबैको रेकर्ड राख्ने र क्वारेन्टाइनमा राखेर आरडीटी विधिबाट कोरोना परीक्षण गर्ने अनि नेगेटिभ रिपोर्ट आएकाहरूलाई सम्बन्धित पालिकाहरूमा पठाउने सुझाव दिएको थियो ।

त्यसरी जाँच गर्दा पोजेटिभ रिपोर्ट आएकालाई आइसोलेसनमा राख्नेगरी व्यवस्थापन गर्ने प्रस्ताव अघिल्लो क्याबिनेटमै उच्चतरीय समितिबाट गइसकेको थियो। सीमापारिका नेपालीबारे अघिल्लो बैठकमा छलफल भएको बताइए पनि अहिलेसम्म सीमा क्षेत्रको आवागमन व्यवस्थित हुन सकेको छैन । सीमापारिबाट कोरोना जाँच नगरी मानिसहरू घर आउने क्रम बढ्दो छ ।

एक मन्त्रीले भने, ‘यसको व्यवस्थापन गर्ने काम उच्चस्तरीय समितिको हो, आज छोटो समयका लागि बसेको क्याबिनेटले संविधान संशोधन प्रस्ताव सदनमा लैजाने एकमात्र निर्णय गरेको छ ।’

भर्खरै

सम्बन्धित खबर

Language »