सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सरकारी छाप दस्तखत किर्ते गरि जग्गा किनबेच गर्ने गिरोह पक्राउ

बारा । सरकारी छाप दस्तखत किर्ते गरि बिभिन्न व्यक्ति र सरकारी जग्गाको जग्गाधनी पुर्जा बनाएर त्यसको किनबेच गर्ने गिरोहलाई पक्राउ गरि मंगलबार सार्वजनिक गरिएको छ।

ईलाका प्रहरी कार्यालय सिमरामा सार्वजनिक गरिएको मध्ये पर्सा, वीरगन्ज महानगरपालिका-१८ का बलराम रौनियार, बहुदरमाई नगरपालिका-३ का सलिम मिंया, २ का सुनिलकुमार यादव, बारा महागढीमाई नगरपालिका-८ का वोहाव अन्सारी,कलैया महागनगरपालिका-६ का प्रहलाद प्रसाद रेग्मी, कैलाली गोदावरी नगरपालिका-११ का चन्द्रबहादुर सिंह र दाङ घोराही उपमहानगरपालिका-१८ का हस्तबहादुर नेपाली रहेकोको पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताएका छन्।

सार्वजनिक गरिएको सातै जनाले दुईवटा घटनाहरुमा सरकारी छाप दस्तखत किर्ते गरि व्यक्ति र सरकारी जग्गाको जग्गाधनी पुर्जा बनाउन कार्यमा संलग्नता देखिएपछि पक्राउ गरि कानुनी कारबाही सुरु गरिएको उपरीक्षक पंगेनीले बताए।

बलराम रौनियार, सलिम मिंया र सुनिलकुमार यादव गरि तीनै जना जितपुरसिमरा उप महानागरपालिका २ का ज्ञानेश्वरी थपलियाको नाममा रहेको कित्ता न।११३० भएको १० धुर जग्गालाई बिक्री वितरण गर्न लागेको अवस्थामा पक्राउ गरिको पत्रकार सम्मेलनमा ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्ष गोबिन्द पुरीले बताए।

थपलियाको नामको जग्गालाई सुनिल यादवले सरकारी छाप दस्तखत किर्ते गरि आफ्नो नाममा पारी तेस्रो व्यक्तिलाई बिक्री गर्न लाग्दा पक्राउ गर्न सफल भएको पत्रकार सम्मेलनमा बताए।

त्यसैगरि साविक रामपुर टोकनी-२ हाल जीतपुर सिमरा उपमहानगरपालिका-२३ मा रहेको साविक कि।नं।६१ (क) को हाल कित्त नम्बर ३६२ को एक बिगा १० कट्ठा क्षेत्रफलको सार्वजनिक जग्गालाई वोहाव अन्सारी, प्रहलादप्रसाद रेग्मी, चन्द्रबहादुर सिंह र हस्तबहादुर नेपालीले सर्वेच्च अदालको सरकारी छाप दस्तखत किर्ते गरि व्यक्तिको नाममा जग्गाधनी पुर्जा बनाउन कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको पुरीले बताए।

२०७४ मंसिर २८ गतेको सम्मानित सर्वोच्च अदालतको आदेशलाई तोडमोड गरि प्रधुम्न राज पाण्डेको नाममा सो सार्वजनिक जग्गाको मोठ श्रेस्ता कायम गर्न चारै जनाले सर्वोच्च अदालतको लेटर प्याट बनाई किर्ते गरेका अनुसन्धानबाट खुलेको पुरीले दावी गरे।

सर्वोच्च अदालतले अधिकृत वारेशनामा रहेका वोहावको नामबाट मालपोत कार्यालय सिमरा बारालाई २०७६ मंसिर ३ सार्वजनिका जग्गाको मठ, श्रेस्ता कायम गर्न लेटरपैडमा चिट्ठी पठाएको पत्रकार सम्मेलनमा उपरीक्षक पंगेनीले बताए।

सर्वेच्चबाट मालपोत कार्यालय सिमरामा आएको पत्र शंकास्पद देखिएकोले आवश्यक अनुसन्धान गर्दा सर्वेच्चकै सरकारी छाप दस्तखत किर्ते गरेका देखिएकोले चारै जनालाई पक्राउ गरि कानुनी दायरामा ल्याइएको पंगेनीले दावी गरे।

सरकारी छाप दस्तखत किर्ते गर्ने अरोपमा पक्राउ परेका सातै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा जग्गाको कित्र्ते गरेर सर्वधारणलाई ठगिने कार्यमा अन्यहरुमा पनि संलग्नता हुन सकिने सम्भावन रहेको पत्रकार सम्मेलनमा अर्का प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।

भर्खरै

सम्बन्धित खबर

Language »