सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सरकार विराेधी ल्हाेछार, ताम्सालिङकाे नारा घन्कियाे टुँडिखेलमा (फाेटाे फिचर सहित)

काठमाडाैँ । तामाङ समुदायकाे महत्वपुर्ण पर्व शनिवार टुँडिखेलमा भव्यताका साथ मनाइदैछ । हिजाे, आज र भाेलि गरी तीन दिनसम्म मनाइने साेनाम ल्हाेछारमा उद्घाटन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहने भनिएता पनि ताम्सलिङ नाराका कारणले राष्ट्रपति आउने कार्यक्रम स्थगन भएकाे थियाे तर लामा, बाेन्बाे र ताम्बाद्वारा कार्यक्रमकाे उद्घाटन गरेकाे थियाे ।

माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५६औँ वर्ष शुरु हुन्छ । आजदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले जानकारी दिए । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । शनिबार मनाइने पर्वका अवसरमा वाग्मती प्रदेशले शुक्रबार नै प्रदेशभर सार्वजनिक बिदा दिएको थियो ।

यसै अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्दै ल्होसार मनाएको छ । कार्यक्रममा तामाङ समूदायका बालबालिका, युवायुवती र वृद्धवृद्धासँगै सँगै अन्य समूदायका मानिहरुसमेत सहभागी भएको देखिन्थ्यो । अधिकांश सहभागीहरु तामाङ पहिरनमा सजिएका थिए ।

आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले बाग्मती प्रदेशलाई नेवा-ताम्सलाीङ घाेषणा नगरेसम्म बाग्मती प्रदेश स्वीकार नगर्ने उद्घाेष गरेका छन् भने बाग्मती प्रदेशसभाका सदस्य पेमा लामाले नेवा-ताम्सलीङ प्रदेशका लागि जस्ताे सुकै लडाइ लड्नु परेता पनि पछि नहट्ने र नेवा-ताम्सलिङ घाेषणा गरेर नै छाड्ने घाेषणा गरेका छन् ।

ल्हाेछार मुल आयाेजक कमिटीले पार्टी निकटका कुनै पनि नेता तथा साँसदहरूलाई बाेलाएकाे पाएन । कार्यक्रममा बाग्मती प्रदेशकाे नाम परिवर्तन हुनु पर्ने माग गर्दै केपी ओलि सरकारलाई बारम्बर गाली गर्ने काम मात्र भएकाे थियाे ।

भर्खरै

सम्बन्धित खबर

Language »