सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सरकार विरोधी प्रदर्शन शुक्रबार पनि देशैभरि जारि

काठमाडौँ । कोभिड–१९ रोकथाम र जाँचमा ढिलासुस्ती गरेकाे, सरकारी खर्च पारदर्शी नभएकाे भन्दै शुक्रबार पनि युवाहरूले सरकार विरोधी प्रदर्शन जारी राखेका छन् ।अहिले प्रदर्शन देशै भरि चर्केको छ।

काठमाडाैंकाे बसन्तपुरमा युवाहरूले प्रहरी दमनविरूद्ध शान्तिपूर्ण प्रदर्शन गरेका छन् । धुलिखेल, भक्तपुर र कीर्तिपुरमा पनि सरकार विराेधी प्रदर्शनमा भएकाे छ ।

त्यस्तै हेटौंडा, बुटवल, भैरहवा पाल्पामा पनि कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम नचालेको भन्दै प्रदर्शन भइरहेको छ ।

सरकारले काेराेना संक्रमण जाँचका लागि पीसीआर बढाउन, क्वारेन्टाइनको गुणस्तर सुधार गर्न, मेडिकल क्षमता विस्तार गर्न र खर्च पारदर्शी बनाउन माग गर्दै बिहीबारदेखि देशैभर स्वस्फूर्त प्रदर्शनमा उत्रेका छन् ।

प्रदर्शनमा मुख्यगरी युवा तथा व्यवसायीलगायत संलग्न छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »