सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सरसफाई कर्मचारीलाई व्यक्तिगत सुरक्षा सामग्री सहयोग


नेपालगञ्ज, नेपालगञ्ज उप–महानगरपालिकाले सरसफाईमा खटिएका कर्मचारीलाई बुधबार व्यक्तिगत सुरक्षा तथा सरसफाई सामग्री सहयोग गरेको छ ।

उप–महानगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख डा. धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का र प्रबक्ता प्रमोद रिजालले सरसफाई कर्मचारीलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभयो ।

नगर प्रमुख डा. धवलशम्शेर राणाले कोरोनाको उच्च जोखिमका बावजुद सरसफाई क्षेत्रमा कार्यरत कर्मचारीले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि उदाहरणीय कार्य गर्न आग्रह गर्नुभयो ।

उप–महानगरपालिकाले जर्मन सहयोग (जिआईजेड) तथा विश्वका चिकित्सकहरुको सहकार्यमा सरसफाई क्षेत्रमा कार्यरत कर्मचारीलाई साम्रगी सहयोग गरेको हो ।


उपप्रमुख उमा थापा मगरले सरसफाई क्षेत्रमा कार्यरत कर्मचारीलाई माक्स, ग्लोब्स, सेनिटाईजर, पिपिई, गम्बुट लगायतका १४ प्रकारका सामग्री उपलब्ध गराइएको जानकारी दिनुभयो । नेपालगञ्जमा ३५० जना सरसफाई कर्मचारी कार्यरत रहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »