सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सरसफाई संगै झाँगिदै गुर्जो अभियान

पछिल्लो समय कोरोनाको त्रासको कारण सुस्ताउदै गएको काठ्माण्डौ को सरसफाई अभियानहरुले नयाँ मोडलका कार्यगर्न अग्रसरता देखाएको छ । नेपाल मै उत्पादित जडिबुटीहरुको महत्व बढ्दै गएपछी खोला किनार, करेसावारी, घरको छ्त तथा गमला मा समेत बहुउपायोगी मानिएको गुर्जो रोप्न थालिएको छ ।


वाग्मती सफाई महाअभियानको ३८४ औं शृङ्खला शंखमुल वाग्मती नदि किनारको सफाइ, नदिको किनारमा र फुटपाथमा रहेको झाडी सफाइ, नालिमा भरिएको फोहर र माटो उठाएर सफाइ गर्ने कार्य, नदीको किनारमा व्यबसाय गरि बस्नेहरुलाई आफ्नो पसल अगाडि सफाइको लागि जनचेतनाका साथै पसल, ग्यारेज अगाडिको बाटो सफा गर्न सहभागिता गराइ, फोहर व्यवस्थापन कुहिने र नकुहिने गरि भौतिक दुरि कायम गरि सफाइ सम्पन्न भएको थियो । अभियन्ताहरु , बानेश्वर महिला वातावरण सेवा एवं जुझारू युवा हरु , श्री हनुमान मार्ग टोल विकास समितिका अध्यक्ष , स्थानीय वासीहरुको सकृय सहभागिता मा कार्यक्रम संपन्न भएको थियो ।


लोक बहादुर टण्डन ले नेतृत्व गरेको चक्रपथ सरसफाई उत्तरखण्ड को १८३ औं हप्ताको सफाई रोटरि क्लब अफ काठमाडौं डाउनटाउनका अध्यक्ष श्याम पराजुलिको उपस्थितिमा दुई क्विन्टल एक रिक्सा फोहर संकलन गरी सामाकोशी चोक एरिया सफाई गर्दै ग्रीन सिटी हस्पिटल प्रांङगणमा गएर बाग्मती अभियन्ता डा.किशोर जोशी र कमल बहादुर राजलावत बाट गुर्जोका बेर्ना रोप्न बितरण गरी कार्यक्रम सम्पन्न भएको थियो ।

विष्णुमती सरसफाइ अभियान को ३१३ औं सरसफाइ अभियान तारकेश्वर सरसफाइ तथा वातावरण संरक्षण प्रा. लि, पातञ्जल योग समिति नेपाल वाग्मती प्रदेश र काठमाडौ जिल्ला , समाज सेवा युवा क्लव लगायत संघ संस्थाको सहकार्यमा पतान्जली योग समिति वाग्मती प्रदेश समिति अध्यक्ष , जीवन विज्ञानका राम प्रसाद पंथि र तारकेश्वर १० का अध्यक्ष अमृत थापा को उपस्थितिमा र विभिन्न संघसंस्था , राष्ट्रिय पत्रकार महासंघ पार्सद रामशरण न्यौपाने , ग्यास विक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र थापा , मनमोहन फाउन्डेसन साथै विशिष्ट व्यक्तित्व हरु को उपस्थितिमा गुर्जो वितरण कार्यक्रम सम्पन्न भएको थियो ।

बागमति सफाई महा अभियान को एउटा खण्ड तिलगंगा सफाई अभियानको २६६औ साताको सफाई सम्पन्न भएको छ।
आलोकनगरमा १८३ औं हप्ताको सफाई गर्दै आलोकनगर बासीमा गुर्ज्योको नि:शुल्क बितरण गरि सबै मिलेर वाग्मती किनारका साथमा मन्दिर परिसरमा गुर्ज्यो रोपणको काम संगै गुर्ज्यो सेवनका फाईदाहरु बारे पनि उपस्थित सबैमा केही टिप्स दिने काम सम्पन्न भयो ।

हाम्रो गोदावरी स्वच्छ ,सफा र सुन्दर गोदावरी नाराका साथ महिला तथा बालबालिकाको पहलमा सन्चालित गोदावरी खोला क्षेत्र सरसफाई अभियानको ८१ औ हप्ताको कार्यक्रम गोदावरी नगरपालिका वडा न १ र १४ जोड्ने गोदावरी खोलाका बिभिन्न पुल र हरिसिध्दि को नयाँ बस्ती लुखुसि चोक गरेर ४ स्थानमा सरसफाइ सम्बन्धित जनचेतना फैलाउने होर्डिङबोर्ड राखेर र विभिन्न स्थानमा सरसफाइ सम्पन्न भएको छ। सहयोगी सस्थाहरु नेप्को नेपाल हरिसिद्धीले २ थान ,अभियान कृषि सहकारी हरिसिद्धी शाखाले १ थान ,र पुर्णिामा बचत तथा ऋण सहकारीले १ थान गरेर जम्म ४ वटा होर्डिङ बोर्ड राखिएको थियो । अभियानका सकृय अभियन्ताहरु र सस्थाका पदाधिकारीहरु मात्र सम्मिलित भयर सरसफाइ गर्नुका साथै सचेतनामुलक सन्देस युक्त होर्डिङ बोर्ड राखेर आजको कार्यक्रम सम्पन्न सम्पन्न भएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »