सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सरस्वती पुजाको अवसरमा विभिन्न खेलकुदमा विजेता खेलाडीलाई पुरस्कार वितरण

साराखबरको चितवन प्रतिनिधिले तयार पारेको रिपोर्ट

भरतपुर । भरतपुर महानगरपालिकाको श्रि राष्ट्रिय प्रथामिक विद्यालय सितापुर पावतिपुरले सरस्वती पुजाको अवसरमा आयोजित विद्यालयको विभिन्न खेलकुद प्रतियोगिताहरुमा सहभागी विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य डिल कुमारी नेपालको अध्यक्षतामा पुरस्कार बितरण गरिएको थियो ।

भरतपुर महानगरपालिकाले प्राइभेट विद्यालयलाई प्राथमिकतामा राखेर सरकारी विद्यालयको पढाई स्तर खस्कदै गएको हुनाले महानगरले विशेष ध्यान दिनु पर्ने विद्यालय व्यवस्थापन समितिको सदस्य डिल कुमारी नेपाल माग राखेको छ ।

भरतपुर महानागरपालिकामा बोर्डिङ विद्यालयलाई विस्थापित गरेर सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्नुपर्नेमा उहाँले महानगरपालिकाको मेयरको ध्यान आकार्षण गराएको छ । शिक्षा शाखाले सरकारी विद्यालयको अवस्था सुधार गर्न नसकेको आरोप लगाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »