सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सरिता गिरीको ठाउँमा लिलादेवी सिटौला समानुपातिक सांसदमा नियुक्त

काठमाडौं। सरिता गिरीको ठाउँमा समाजवादी पार्टीबाट लिलादेवी सिटौला समानुपातिक सांसद बनेकी छिन्।

निर्वाचन आयोगले समाजवादी पार्टीको सिफारिसमा सिटौलालाई संघीय संसदको प्रतिनिनिसभा सदस्यमा निर्वाचित भएको घोषणा गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

सरकारले नयाँ नक्सा सार्वजनिक गरेपछि सीमाबार विवादस्पद बोलेपछि समाजवादीले गिरीलाई सांसद नरहने गरी कारबाही गरेको थियो।

सार ८ गते समाजवादी पार्टीको पदाधिकारी बैठकले सांसद गिरीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

पार्टीले त्यतिबेला उनलाई सात दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिने निर्णय गरे पनि उनले स्पष्टीकरण दिएकी थिइनन्।

सांसद गिरीले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर जारी गरको नयाँ राजनीतकि नक्साको विरोध गर्दै आएकी थिइन्।

गिरी भारतको विहारबाट विवाह गरेर नेपाल आएकी हुन्। २०४६ सालको आन्दोलनका ताका गिरी नेपाली कांग्रेस पार्टीमा आवद्ध थिइन्। त्यसपछि उनी नेपाल सद्भावना पार्टीको सदस्य भइन्।

२०७२ सालमा नेपालको संविधान जारी भएपछि गिरी तत्कालीन संघीय समाजवादी पार्टीको तर्फबाट समानुपालिक सांसद बनेकी हुन्।

भर्खरै

सम्बन्धित खबर

Language »