सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गायक प्रबिन राई को पुर्बेली लोक गीति एल्बम “मेरो प्यारो गाउँ” लोकार्पण

काठ्माण्डौ । गायक प्रबिन राई को पुर्बेली लोक गीति एल्बम “मेरो प्यारो गाउँ” लोकार्पण भएको छ । active entertainment pvt.ltd को आयोजनामा मेरो प्यारो गाउँ एल्बम बिमोचन गरिएको थियो ।
मेलिना राई र प्रविन राई को स्वर रहेको यो गीत मा शब्द र संगीत बिजेन्द्र नौवागे को रहेको छ ।
किङ स्टुडियो मा रेकर्ड गरिएको यो गीत को एरेन्ज दिवान किनार ले गरेका हुन्।
एभरेस्ट लाउन्ज प्रा.लि नया बानेश्वर मा गरिएको बिमोचन कार्यक्रम को प्रमुख आतिथ्य वरिष्ट गायक तथा निर्देशक नारायण रायमाझी ले गरेका थिए । कार्यक्रम मा अतिथि को रुप मा वरिष्ट कलाकार उत्तम के. सि. , सुवाश गजुरेल , नायक सितल के. सि. , निर्देशक अमर ओलि ,सर्जक शंकर अधिकारि घायल , दर्पण राई तथा बिभिन्न मिडियाकर्मि हरु को उपस्थिति रहेको थियो ।
कार्यक्रम को अध्यक्षता समाजसेवि रामचन्द्र कोईराला ले गरेका थिए ।
आयोजक संस्था का प्रमुख समेत रहेका सर्जक संगीत कार तथा मोडल कलाकार बिजेन्द्र नौवागे ले यस्तो जटिल समय मापनि आफ्नो भावना लाई कदर गर्न कार्यक्रम मा उपस्थित हुने सबैलाइ हार्दिक नमन गर्दै केहि समयमानै यो गीत भिडियो सहित युटुब मार्फत पनि सार्वजानिक गरिने बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »