सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सर्जियो रामोशले लियोनेल मेस्सीलाई आफ्नो घरमा बस्न आउन अफर गरे

सर्जियो रामोशले लियोनेल मेस्सीलाई परिवारसहित आफ्नो घरमा बस्न आउन अफर गरेका छन् । होटलमा बस्दा वाक्क भएको भए मेस्सीलाई आफ्नो घरमा आउन रामोशले अफर गरेका हुन् ।

ला लिगामा लामो समय चिर प्रतिद्वन्द्वी रहेका रियल म्याड्रिड र बार्सिलोनाका कप्तानद्वय अहिले पेरिस सेन्ट जर्मेनमा समकक्षी बनेका छन् । एल पाइसका अनुसार रामोशले आफ्नो समकक्षीलाई आफूसँगै बस्न अफर गरेका हुन् ।

स्थायी घर नभेटेसम्म मेस्सी ले रोयाल मोनेकाउ होटलमा बसिरहेका छन् । रामोश पनि सुरुमा त्यही होटलमा बसेका थिए । अहिले भने उनले एंखेल डि मारिया र मार्किन्होस बस्ने निउली–सर–सिइन क्षेत्रमा घर लिएर बसेका छन् ।

रामोशले मेस्सीलाई आफ्नो घरमा बस्न अफर गर्नुलाई दुई खेलाडीबीचको सम्बन्धमा नयाँ अध्यायको रूपमा हेरिएको छ । दुई खेलाडीलाई सँगै मैदानमा हेर्न भने फुटबल फ्यानहरूले केही समय पर्खनुपर्छ । तिघ्रामा चोटका कारण रामोश दुई महिना मैदानबाहिर रहेका छन् भने कोपा अमेरिका प्रतियोगितादेखि प्रशिक्षणमा नरहेका मेस्सी तत्कालै खेल्ने सम्भावना कम रहेको बताइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »