सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सर्वश्री कृषि सहकारीलाई राेशी गाउँपालिकाकाे उत्कृष्ट पुरस्कार

काठमाडाैँ । काभ्रे जिल्लाको रोशी गाउँपालिकाले उत्कृष्ट सहकारीलाई पुरस्कार सहित सम्मान गरेको छ ।

आज गाउँपालिका अध्यक्ष डिबी लामाले एक कार्यक्रमकाबीच उत्कृष्ट सहकारीलाई नगद पुरस्कार सहित सम्मान पत्रद्वारा सम्मान गरेका हुन् ।


सम्मानित हुने सहकारीमा वडा नम्बर १ मा रहेको सर्वश्री कृषि सहकारी रहेको छ । गाउँपालिका अध्यक्ष लामाले उक्त सहकारीका अध्यक्ष भिमसेन बोहोरालाई सम्मान पत्र सहित नगद १० हजार रुपैयाँ प्रदान गरेका थिए ।


सम्मानित भएका उक्त सहकारीले वडा नं १ सँगको सहकार्यमा अपांगता भएका व्यक्तिलाई व्हील चियर वितरण गरिएको, वडा नं १ र २ का अगुवा कृषकहरुलाई च्याउ खेती सम्बन्धि ३ दिने तालिम प्रदान गरिएको, बाख्रा पालन सम्बन्धि ३ दिने तालिम प्रदान गरिएको कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर, स्प्रे पम्प, टनेल प्लाष्टिक वितरण गरिएको र रोशी १ को नारायणटारमा साना सिँचाई मर्मत जस्ता कार्य गरेकाले पालिकाले सम्मान गरेको जनाइएको छ ।


रोशी गाउँपालिका वडा नंं १ र २ का अगुवा कृषकहरुको माग र आवश्यकताका आधारमा कार्यक्रमहरु सम्पन्न गरिकोले उत्कृष्ट सहकारीको रुपमा सम्मान गरिएको अध्यक्ष लामाले बताए ।
‘रोशीको दृष्टि पर्यटन र कृषि भन्ने मूल नारालाई सार्थक बनाउन उक्त सहरकारीले कृषकहरुको माग र आवश्यकतालाई पहिचान गरी उपब्धिमूलक ढंगले कार्य गरेकोमा सहकारीप्रति म आभार व्यक्त गर्न चाहन्छु ।’ लामाले भने, ‘अन्य सहकारीहरुले पनि यस्तै कार्यक्रमहरु गर्दे अगाडि बढ्नको निम्ति पनि आग्रह गर्न चाहन्छु । उत्कृष्ट कार्य गर्नेलाई सम्मान र गलत गर्नेलाई नियमन गर्दै हामी अघि बढेकाछौं ।’

सहकारीलाई सम्मान गरेपछि सहकारीकर्मीहरु उत्साहित भएका छन् । आगामी दिनहरुमा नमुना कार्य गर्दै अघि बढ्ने सम्मानित सहकारीका अध्यक्ष बोहोराले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »