सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सर्वोच्चको आदेशको खुसीयालीमा जनता समाजवादी पार्टी (जसपा) बाँकेद्धारा नेपालगन्जमा दिप प्रज्वलन, २१ किलो लड्डु सहित

नेपालगन्ज , संसद पुनःस्थापना भएको खुसीयालीमा जनता समाजवादी पार्टी (जसपा) बाँकेले दिप प्रज्वलन गरेको छ ।

नेपालगञ्जको बिपि चोकमा जनता समाजवादी पार्टी (जसपा) बाँकेले दिप प्रज्वलन सहित २१ किलो लड्डु बाँडेर खुसियाली मनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाए संगै बाँकेका विभिन्न स्थानमा दिप प्रज्वलन गरेर खुसियाली मनाउने क्रममा जनता समाजवादी पार्टी (जसपा) बाँकेले विपी चोकमा दिप प्रज्ज्वलन सहित २१ किलो लड्डु बाडेको जनता समाजवादी पार्टी (जसपा) बाँकेका अध्यक्ष कमरुद्धिन राईले जानकारी दिनुभयो ।

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)का नेपालगन्ज नगर अध्यक्ष श्रवण कुमार यादव ,जनता समाजवादी पार्टी (जसपा) बाँकेका नेता फिरोज हल्वाई ,दिपा राना मगर,लगायतको सहभागिता रहेको थियो ।

प्रतिगमनकारी, आलोकतांत्रिक केपी ओली काे कदम विरुद्ध सम्मानित सर्वोच्च अदालतले जनभावना तथा संविधान काे कदर गरिदैं प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गरेकाे उपलक्षमा खुसयालि मनाउँदै जनता समाजवादी पार्टी बांके ले नेपालगंजमा दीप प्रज्जवलन गरेको छ ।

प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले हामीसबैको जीत भएको छ । संविधानका प्रावधानलाई मिचेर केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी थियो ।

सम्मानित सर्वोच्च अदालतले संवैधानिक अपेक्षा र जनभावना अनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति जसपा , बाँकेले आभार व्यक्त गर्दछ ।

सम्पूर्ण पार्टी का नेताकार्यकर्ता लगायत हाम नेपाली दाजूभाइ दिदीवहिनीहरु, आन्दोलनरत राजनीति दलहरू, नागरिक समाज, सुरक्षा कर्मी साथीहरू सहित सबै लाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

श्रवण कुमार यादव

अध्यक्ष

जनता समाजवादी पार्टी (जसपा) नेपालगन्ज नगर समिति बाँके

यस्तै प्रचण्ड नेपाल समूहले पनि ठाउँ ठाउँमा संसद पुनःस्थापना भएको खुसीयालीमा दिप प्रज्वलन गरेको छ ।

सर्वोच्चको फैसला संगै देशको विभिन्न शहर संगै बाँकेको खजुरा एक नम्बरमा दिपावली गरेर खुसियाली मनाएको हो ।

बाँकेको नेपालगन्ज , खजुरा , कोहलपुर र बैजनाथ समेतमा अदालतको फैसला संगै खुसियाली मनाएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »