सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सलह काठमाडौं उपत्यकामा प्रवेश गरेको विज्ञहरुको भनाइ, नआत्तिन सुझाव

काठमाडौँ / १४ असार
शनिबार तराई क्षेत्रमा प्रवेश गरेको सलह काठमाडौं उपत्यकाको लतिलपुरमा प्रवेश गरेको विज्ञहहरुले बताएका छन् । मनसुनको बेला भएको हुँदा पानी परिरहेको र सलहको झुन्ड समेत कम संख्याको भएको हुँदा किसानलाई अनआत्तिन उनीहरुले सुझाएका छन् ।

नार्कका किट विज्ञ सुदिप उपाध्यायले सलहको प्रभाव कम गर्न दिउँसोको समयमा नेट(जाली)को प्रयोग गर्न आग्रह गरेका छन् । रातिको समयमा कृषि क्षेत्रमा सलह भेटिएमा भने रासायानिक मल प्रयोग गर्न सकिने बताएका छन् ।

नेपालमा सलहले पार्न सक्न प्रभाव र राेकथामबारे रणनीति तयार पार्न कृषि मन्त्रालयमा कृषि तथा पशुपक्षी विज्ञहरुको बैठक जारी छ । कार्यदलको बैठकपछि नै थप विवरण सार्वजनिक गरिने बताइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »