सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सलह पहाडमा पनि जानसक्ने विज्ञहरुको भनाई

काठमाडौँ / १३ असार
शनिबार विहान देखी तराई क्षेत्रमा देखिएको सलह किरा अधिकांश तराईका जिल्लामा फैलिइसकेको छ । तराई क्षेत्रमा फैलिएको सलह पहाड चढ्न सक्ने विज्ञहरुले बताएका छन् ।

कृषि अनुसन्धान परिषद् (नार्क)का वरिष्ठ बैज्ञानिक डा.सुनिल अर्याल सलह किरा अहिलेको हावाको वहावलाई हेर्दा पहाड तिर पनि जान सक्ने बताए । ‘अहिले हावाको वहाव पश्चिमबाट पूर्वोतर तिर गैरहेको बुझिएको छ, त्यसैले अहिले यसको लागि अनुकुल वातावरण देखिएको छ,’ उनले भने, ‘यो दुई हजार मिटर माथीबाट पनि उड्नसक्ने हुनाले यो पहाडमा पनि जानसक्छ ।’

अर्यालले नेपालमा देखिएको सलह पिंक रंगको वयस्क अवस्थाको किरा भएकोले यो खन्चुवा प्रकृतिको भएको बताए । यो झुण्डको प्रकृति सामान्य भन्दा फरक भएको पाइएको उनले बताए । ‘यसको झुण्ड सानो छ, क्षति कस्तो गर्छ भन्ने अहिले नै एकिन गर्छ भन्ने अवस्था छैन,’ अर्यालले भने,‘नेपालको हावापानीमा रहेर यसले बच्चा उत्पादन गर्न सक्दैन तर सक्दासम्म उडेर खाने प्रयत्न गर्छ ।’

सलह खाएर अघाएको अवस्थामा एकै ठाउँ बस्ने गरेको पाइएको छ । यसलाई नियन्त्रण गर्न राती बास बसेको ठाउँमा गएर विषादी छर्ने काम गर्न सकिने उनको सुझाव छ । त्यसका अतिरिक्त ठुलो आवाज आउने भाँडा बजाएर भगाउने र जालीले घेरेर नियन्त्रणमा लिन सकिने अर्यालले बताए । उनले भने,‘यो किरा साँझ एक ठाउँमा बसे पछि बिहानसम्म कतै जान्न, अन्यत्र जानको लागि मौसम ताते हुनुपर्छ , त्यही मौका छोपेर यसलाई नियन्त्रण गर्न सकिन्छ ।’

भर्खरै

सम्बन्धित खबर

Language »